बढ्यो पेट्रोल र डिजेलको मूल्य
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मङ्गलवारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।
रामपुर नगरपालिकामा एक सय ३२ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पदभार ग्रहण
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिनुभए लगत्तै उहाँले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि
जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।
सुनको मूल्य तोलामा दुई सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ ।
देशभर ६७.३ प्रतिशत रोपाइँ
हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
व्यावसायिक केरा खेतीमा रमाएका निर्मल
पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ
एघार महिनामा डेढ खर्ब बढीको इन्धन आयात
चालुु आर्थिक वर्षको ११ महिनामा निर्यातभन्दा दोब्बर बढी रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मनकामना केबलकार ५० दिन बन्द
नेपालको पहिलो केबलकार मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ । नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनु भयो ।
वैदेशिक रोजगार व्यवसायी कम्पनीको नवीकरण अन्योल
वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण हुनेमा अन्योल देखिएको छ । वर्षभरिमा कम्तीमा एक सय जना श्रमिक पठाउने कम्पनीलाई मात्र नवीकरण गर्ने प्रावधान रहेको छ सो प्रावधान हटाएर सहज ढङ्गले नवीकरण हुने गरी प्रस्ताव मन्त्रीपरिषद्मा लगिएको छ तर श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री डोलप्रसाद अर्याल हटेपछि त्यसमा अन्योल देखिएको कम्पनीले जनाएका छन् ।
पुँजी बजार दुई वर्षयताकै उच्च बिन्दुमा
लामो समयको अन्तरमा पुँजी बजारमा उच्च अङ्कको सुधार भएको छ । त्यस्तै कारोबार रकम पनि उच्च भएको छ । पुँजी बजारको यस्तो सुधार दुई वर्षयताकै राम्रो हो । नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बन्ने र अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा चलेपछि सेयर बजारमा उच्च वृद्धि भएको हो ।
चार महिनामा आशा जगाउने काम गरेको छु : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएकोसमेत दाबी गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । नगर सभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो ।
मृतकका परिवारलाई छ लाख ५० हजार राहत
मनसुनजन्य विपदबाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपदमा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ ।
नेप्से परिसूचक ५२ अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
मृतक कामदारका परिवारलाई तीस लाख आर्थिक सहायता दिइने
सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी-१ जलविद्युत आयोजनाको डिसेन्डर स्वल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
नबिल बैङ्कको चुक्ता पुँजी सत्ताइस अर्ब पाँच करोड
निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क नबिल बैङ्क लिमिटेड शुव्रmबारदेखि ४० वर्ष पूरा गरी ४१ औँ वर्षमा प्रवेश गरेको छ । २०४१ सालमा स्थापना भएर नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त यो बैङ्क नेपालको
बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन
तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । उहाँ २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहनुभएको छ ।
दोब्बरले बढ्यो वैदेशिक लगानी,एघार महिनामा आठ अर्ब भित्रियो
चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म आठ अर्ब १६ करोड रुपि
जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती
जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ ।
दुध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।
भैँसीपालनबाट आत्मनिर्भर
। रुकुम (पूर्व) जिल्लाका प्रायः घरमा किसानले भैँसी पाल्दै आएका छन् । पुर्खाको पालादेखि सुरुवात भएको व्यवसाय अहिलेसम्म भैँसीपालन पेसा नै कायम छ । भैँसीपालनबाट घिउ, दुध र राँगा बिक्रीबाट घरपरिवारको आयस्रोत बनेको छ ।
देशभर बयालिस प्रतिशत रोपाइँ
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये पाँच लाख ९५ हजार १२९ हेक्टर (४२.६ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ ।
किसानको रकम फिर्ता गर्न नामियाको माग
नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) ले दैलेखको गुराँस गाउँपालिकाका कारण कृषि उद्यमीले आत्महत्याको प्रयास गरेको दाबी गरेको छ ।