• १ असोज २०८१, मङ्गलबार

सुनको मूल्यमा सामान्य गिरावट

blog

काठमाडौँ, असोज १  गते ।  स्थानीय बजारमा आज सुनको मूल्य  प्रतितोलामा रु. छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला रु. एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि रु. एक लाख ५६ हजार सात सय निर्धारण भएको छ । 

यसैगरी चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ । सोमबार प्रतितोला रु. एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने रुं एक हजार नौ सय पाँच निर्धारण भएको छ ।  रासस