नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास
नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठुला राजनीतिक दलबिच भएको सत्ता समीकरणसँगै सङ्कुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् ।
सुनसरीमा आँप उत्पादन घट्यो
जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रभावकारी देखिएन बजार अनुगमन
सङ्घीय संरचनासँगै बजार अनुगमनको प्रमुख दायित्व प्रदेश तथा स्थानीय सरकारलाई दिइएको छ । संविधानको अनुसूची ८ ले दिएको अधिकार अनुसार स्थानीय बजार व्यवस्थापन, अनुगमन, नियमन र व्यवस्थापनको जिम्मा प्रदेश तथा स्थानीय तहको हो तर बजार अनुगमनमा प्रदेश र स्थानीय सरकारको प्रभावकारिता देखिएको छैन । अनुगमनमा स्थानीय सरकारको जति योगदान हुनुपथ्र्यो त्यति नहुँदा बजारभाउ नियन्त्रणबाहिर गएको छ । प्रदेश र स्थानीय सरकारकै लापर्बाहीका कारण सर्वसाधारण उपभोक्ता म्याद नाघेका वस्तु उपभोग गर्न बाध्य छन् ।
ग्लोबल आइएमई बैङ्कको हरित आवास कर्जा
ग्लोबल आइएमई बैङ्क लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबिच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी अनुसार बैङ्कले ललितपुर जिल्ला, गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई सहज रूपमा कर्जा प्रवाह गर्ने छ ।
भुक्तानी नपाउँदा निर्माण व्यवसाय सङ्कटमा
आर्थिक वर्ष सकिनै लाग्दा पनि निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले तत्काल भुक्तानीको माग गरेको छ तर अर्थ मन्त्रालयले भने निर्माण व्यवसायीको भुक्तानीमा कुनै समस्या नभएको जनाएको छ । महासङ्घले भुक्तानी नपाउँदा निर्माण व्यवसाय सङ्कटमा परेको भन्दै विज्ञप्ति जारी गरेको छ तर अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तरकुमार खत्रीले भन्नुभयो, “विधि र प्रक्रियासम्मत भएको भुक्तानी रोकिएको छैन । हामी खर्च होस् भन्ने चाहन्छौँ तर अर्थ मन्त्रालयसँग स्रोत र सहमति नलिई शीर्षक नछुट्टिएको अवस्थामा रोकिएको हुन सक्छ ।”
पर्यटक आगमनमा झन्डै तेइस प्रतिशतको बढोत्तरी
सन् २०२३ को छ महिनाको तुलनामा यो वर्ष पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन् ।”
सेयर बजारमा कारोबार उकालो लाग्दै
सेयर बजारमा आशाका किरण देखिन थालेपछि कारोबार उकालो लाग्न थालेको छ । साताको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लाग्दा कारोबार रकम साढे छ अर्ब पुगेको छ । दैनिक बढ्दो क्रममा लागेको कारोबार रकम यो साताको अन्तिम दिन बढेरै बन्द भएको छ ।
सहकारी संसदीय छानबिन विशेष समिति, सरोकारवालासँग परामर्श तीव्र
सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नीति निर्माण, संरचनागत व्यवस्थापनसहित सहकारी क्षेत्रका बेथिति निराकरणका सन्दर्भमा सरोकारवालासँगको परामर्श तीव्र पारेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार समितिको बिहीबारको बैठकमा समस्यामा परेका सहकारीको विभिन्न निकायबाट भइरहेको छानबिन, अनुसन्धानसहित नीतिगत तहको छलफल भएको हो । महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसहितका पदाधिकारीसँग सहकारीको नियमनको स्थिति, प्रभावकारी निकायको आवश्यकतासहितका विषयमा छलफल भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख बजेट
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन-२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट-२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख विनियोजन गरिएको बताउनुभएको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार
यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।
‘बजेटमाथि छलफल सुरु हुन सकेन’
आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेट अरू प्रदेशले पारित गरिसक्दा समेत सुदूरपश्चिम प्रदेशमा बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।
सुन तोलामा एक हजार छ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
मुस्ताङमा फल्यो तरबुजा
शीतोष्ण हावापानीमा फल्ने फलफूल तथा तरकारीको बिउ तथा बेर्ना उत्पादनका लागि सक्रिय हिमालपारिको जिल्ला मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गर्मी ठाउँमा फल्ने तरबुजा चिसोमा पनि फलाएको छ ।
आठ वर्षपछि मूल्य समायोजन गरिएको दाबी
प्रत्येक उपभोक्ताको भान्सामा नियमित प्रयोग हुने आयोडिनयक्त नुन बुधबारदेखि लागु हुने गरी प्रतिकेजीमा छ रुपियाँले महँगिएको छ । यसअघि प्रतिकेजी उपभोक्ता मूल्य २० रुपियाँमा कारोबार हुँदै आएको आयोडिन नुन प्रतिकेजीको २६ रुपियाँ पुगेको हो तर २० रुपियाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपियाँमा बेच्दै आएका व्यापारीले अब बढाएर ३० रुपियाँसम्म असुल्ने चिन्ता छ । साल्ट ट्रेडिङ सञ्चालक समितिको मङ्गलबारको बैठकले बुधबारदेखि लागु हुने गरी मूल्य वृद्धि हुने निर्णय गरेको हो । सरकारले २०७३ साल फागुनदेखि लागु गरेको २० रुपियाँबाट अहिले आएर पुनः मूल्य वृद्धि गरेको छ ।
साढे सात अर्बको अलैँची निर्यात
चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब ४७ करोड ६५ लाख ३६ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात अर्ब ४७ करोड रुपियाँ बराबरको ११ हजार ७९९ मेट्रिक टन अलैँची निर्यात भएका छन् । गत वर्षको सो अवधिमा सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको १५ हजार ६४४ मेट्रिक टन अलैँची निर्यात भएको थियो । अधिकांश वस्तुको जस्तै अलैँचीको निर्यातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस अलैँची निर्यातमा वर्ष २३ करोड रुपियाँ वर्ष २३ करोड रुपियाँ बराबरको कमी आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
एक व्यक्ति एक सहकारीमा मात्र सञ्चालक
अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अन्य संस्थाबाट सञ्चालक पद छाड्नुपर्ने भएको छ । सहकारी संस्थाको नियामक निकाय सङ्घीय सहकारी विभागले बुधबार एक सर्कुलर जारी गर्दै नयाँ व्यवस्था अनुसार नगर्ने सञ्चालकलाई कारबाही गर्ने जनाएको छ । विभागका अनुसार सहकारी बैङ्कको हकमा समेत यही नियम लागु हुने भएको छ ।
आगामी आर्थिक वर्षदेखि किसान परिचयपत्र वितरण गरिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षदेखि २५ वटा स्थानीय तहबाट किसान परिचयपत्र लागु गर्ने भएको छ । कृषि मन्त्रालयले किसान सूचीकरणको कामलाई अगाडि बढाएको छ । कृषि मन्त्रालयका सहसचिव प्रकाश सन्जेलका अनुसार बुधबारसम्म १९ लाख १० हजार किसान सूचीकृत भइसकेका छन् । हालसम्म सात वटै प्रदेशका २५ वटा स्थानीय तहले किसान सूचीकरणको काम सकाएका छन् । ती सूचीकृत भइसकेका २५ वटा स्थानीय तहका किसानलाई आगामी वर्षदेखि किसान परिचयपत्र दिएर कार्यान्वयनमा ल्याइने छ । सहसचिव सन्जेलले भन्नुभयो, “आगामी आर्थिक वर्षदेखि २५ वटा स्थानीय तहमा किसान वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने छौँ र त्यो परिचयपत्रको परीक्षण गर्ने छौँ ती स्थानीय तहमा किसान परिचयपत्र सफल भयो भने मात्र देशभरि लागु गर्ने छौँ ।”
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको हो ।
म्याग्दीका किसानलाई आलु भित्र्याउने चटारो
जिल्लाको पहाडी क्षेत्रका किसानहरूलाई अहिले बर्खे आलु भित्र्याउने चटारो छ । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । पहाडी तथा लेकाली हावापानीमा उत्पादित आलु खान स्वादिलो हुने भएकाले उपभोक्ताको पनि रोजाइमा पर्ने गर्दछ ।
अञ्जनीलाई कौसी क्विनको उपाधि
‘कौसी क्विन–२०८१’ को ताज अञ्जनी जोशीले हात पार्नुभएको छ । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले आयोजना गरेको चौथो कौसी क्विन २०८१ को कौसी क्विनको उपाधि जोशीले प्राप्त गर्नुभएको क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो ।
आजदेखि नूनको मूल्य प्रति किलोग्राम तीन रुपियाँले बढ्यो
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज (बुधबार) देखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
दुध उत्पादन बढाउन किसानलाई पाडी वितरण
बुटवल उपमहानगरपालिकाले दुध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण सुरु गरेको हो । जस अनुसार आइतबार बुटवल–१२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरिएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैँसीका पाडी वितरण गरेको बताउनुभयो । उहाँले वितरण गरिएका पाडीको बिमा गरी किसानलाई उपलब्ध गराएको बताउनुभयो ।
भदौ मसान्तभित्र दुध किसानको रकम भुक्तानी गर्ने सहमति
डेरी उद्योगीले दुध किसानको बक्यौताको सम्पूर्ण रकम भदौ मसान्तसम्म भुक्तानी गरिसक्ने सहमति गरेको छ । बक्यौता रकमको भुक्तानी गर्न माग गर्दै किसानले आन्दोलन गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो । सहमति अनुसार २०८० चैत मसान्तसम्म भुक्तानी हुन बाँकी रकम असार २७ गतेसम्म गरिसक्ने र वैशाख र जेठको बक्यौता रकमको भुक्तानी २०८१ भदौ मसान्तसम्म गर्ने सहमति भएको किसानको प्रतिनिधि गर्ने संस्था केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष अमर कुँवरले बताउनुभयो । सो सहमतिसँगै सङ्घले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरेको छ ।