यो साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घट्यो
पुँजी बजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ । गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो ।
नाम्खा गाउँपालिकाको बजेट ३५ करोड
उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८१/०८२ को वार्षिक बजेट ३५ करोड गाउँ सभाबाट पारित भएको छ । उक्त गाउँपालिकाको एघारौँ गाउँ सभाद्वारा सो बजेट पारित गरिएको हो ।
छाराको बजेट ६० करोड
जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाले बुधबार भएको १५ औँ नगर सभामा नगर उपप्रमुख ऐश्वर्य मल्ल शाहीले आर्थिक वर्ष २०८१–८२ का लागि ६० करोड २६ लाख ७१ हजार नौंसय २९ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान
फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ ।
कृषि र उत्पादन प्राथमिकतामा
चितवनका सात पालिकामध्ये छ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट ल्याएका छन् । असार १० गतेभित्र पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान छ । चितवनको राप्ती नगरपालिकाबाहेक अन्य सबैले निर्धारित समयमा बजेट ल्याएका हुन् । भरतपुर महानगरपालिकाले छ अर्ब ५५ करोड रुपियाँको बजेट ल्याएको छ ।
प्रक्रियागत सरलीकरण प्राथमिकतामा
विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले आयोगको क्षेत्राधिकारमा रहेका काम कारबाहीको प्रक्रियागत सरलीकरण गर्दै जाने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले बुधबार आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा उहाँले निजी क्षेत्रको भूमिकाको कदर गर्दै व्यवस्थित र सहज ढङ्गबाट कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको हो । “प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा छ,” उहाँले भन्नुभयो, “एउटै काम दुई ठाउँबाट हुने अवस्था अन्त्य गरी समान प्रकृतिका कामको जिम्मा कुनै एउटै मात्र निकायलाई दिइने छ ।”
हरेक बालीको उत्पादन वृद्धि हुने अनुमान
चालु आर्थिक वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान सरकारले गरेको छ । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ४.३६ प्रतिशत तथा नगदेबालीका रूपमा रहेका आलु र तेलहन बालीको उत्पादन ५.०७ प्रतिशतले बढ्ने अनुमान गरेको छ । त्यस्तै औद्योगिक बालीको उत्पादन ४.६३ प्रतिशत, दलहन बाली ४.७९ प्रतिशत, मसलाबाली ३.७४ प्रतिशत, फलफूल बाली ०.६७ प्रतिशत र तरकारी ०.५२ प्रतिशतले वृद्धि हुने अनुमान सर्वेक्षणले गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चालु आवको फागुनसम्म ९४.१७ मेट्रिक टन स्रोत बिउ उत्पादन गरेको छ ।
पचहत्तर प्रतिशत युवा विदेश नपुग्दै ठगिन्छन्
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक सबैभन्दा बढी आफ्नै देशमा ठगिने गरेका छन् । वैदेशिक रोजगारीका पीडितलाई निःशुल्क कानुनी सेवा दिँदै आएको संस्था (पिपुल फोरम) को अध्ययनमा गन्तव्य मुलुक प्रस्थान गर्नुअगावै श्रमिक स्वदेशमै ठगिने गरेका छन् । सो संस्थाको अध्ययनमा चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगार विभागमा दर्ता भएका ठगी दुई हजार ३०४ मुद्दाको अनुसन्धान गर्दा ७५ प्रतिशत युवा स्वदेशमै रहेका एजेन्टबाट ठगिएको उल्लेख छ ।
दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजना अगाडि बढ्दै
दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्ने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
नौ वटा सहकारीबाट कागजात झिकाउने निर्णय
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले विभिन्न नौ वटा सहकारीबाट कागजात झिकाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएका सहकारीबाट कागजात माग गरिएको हो । समितिले सम्बद्ध सहकारीबाट गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमका सम्बन्धमा पनि कागजात माग गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो ।
तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम
जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ ।
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकै खेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो ।
बागमती प्रदेशमा एकाउन्न प्रतिशत मात्र खर्च
बागमती प्रदेश सरकारले गत जेठ महिनासम्ममा चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटको ५१ प्रतिशत मात्र खर्च गरेको पाइएको छ । चालु आव सकिन एक महिना बाँकी हुँदा प्रदेश सरकारको ३२ अर्ब २९ करोड ८१ लाख ८१ हजार ४५३ रुपियाँ अर्थात् ५१.५१ प्रतिशत खर्च भएको हो । प्रदेश सरकारले चालु आवका लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ बजेट विनियोजन गरेकोमा गत वैशाख मसान्तसम्ममा ४१ प्रतिशत र चैत मसान्तसम्ममा ३५ प्रतिशतभन्दा कम खर्च भएको थियो ।
धान दिवस मनाउने तयारी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम गरी २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाउने भएको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न कार्यक्रम यो महोत्सव मनाउन लागिएको कृषि विभागले जनाएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ यो दिवस मनाइने विभागले जनाएको छ ।
इजरायलमा श्रमिक लैजान निवेदन माग
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजान आवेदन माग गरेको छ । वैदेशिक रोजगार विभागले वैकल्पिक तीन सय जनासहित आठ सय जनाको केयरगिभरमा लैजाने गरी आवेदन आह्वान गरेको हो । विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ ।
चीन र कोरियाबाट वैदेशिक लगानी प्रतिबद्धता धेरै
मुलुकमा लगानी गर्ने भनेर सबैभन्दा धेरै छिमेकी मुलुक चीन र कोरियाबाट वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ३१९ वटा परियोजनामार्फत कुल ४४ अर्ब ४१ करोड ९८ लाख २६ हजार वैदेशिक लगानी प्रतिबद्धता आएकोमा सबैभन्दा धेरै चीनबाट २३३ परियोजनामा २१ अर्ब १४ करोड ५६ लाख चार हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ । यस्तै दोस्रोमा कोरियाबाट १६ वटा परियोजनामा १२ अर्ब ९६ करोड १० लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ ।
आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताउनुभएको छ ।
बिर्तामोडको बजेट एक अर्ब ३९ करोड
बिर्तामोड नगरपालिकाले एक अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपियाँको बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि नगरपालिकाले नीति तथा कार्यक्रमसहितको बजेट ल्याएको हो ।
आर्थिक विधेयक स्वीकृत
प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नुभएको थियो ।
मिथिला भोजन अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य छ : सेफ सन्तोष
स्वादिष्ट एवं सन्तुलित भोजन ‘मिथिला भोजन’ अन्तर्राष्ट्रियकरण गर्ने मुख्य उद्देश्य रहेको बिबिसीका सेफ सन्तोष साहले बताउनुभएको छ। मिथिलाको मौलिक परिकारको स्वाद विश्वमा प्रख्यात भएपछि यसले देशको आर्थिक आयआर्जन समेत बढाउने उहाँको विश्वास छ ।
आर्थिक विधेयकमाथि छलफल : राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड
सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सुझाव दिनुभयो ।
नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।