नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ ।
पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य
चितवन, असार १६ गते । यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नुपरेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अण्डाको लागत १६ रुपियाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो रु. चार सय ९५ र मध्यम रु. चार सय ७० पाउन थालेका छन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताउनुभयो । “विसं २०७६ मा किसानले लागत मूल्य हाराहारी पाएका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु. चार सय पाँच पुगेको थियो ।” त्यसपछिका दिनमा कोरोना महामारी, बर्डफ्लूलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उहाँको भनाइ छ । विसं २०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर सङ्घ गठन गरी बजारीकरण अभियान सुरु गरिएको थियो । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु. दुई सय ३० थियो । उक्त मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए । उहाँका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसानले पेसानै छाडेको अवस्था थियो । उहाँले भन्नुभयो “हामी सङ्गठित रुपमा नलागेको भए अहिले दैनिक करोडौंको अण्डा बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुन्थ्यो ।” नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताउनुभयो । पछिल्लो समय किसानले व्यावसायिक रुपमा ठूलो सङ्ख्यामा कुखुरा पालन गरेकाले माग धानिरहेको उहाँको भनाइ छ । हाल अहिले ५० लाख लेयर्स कुखुरा रहेको र दैनिक २५ लाखभन्दा बढी अण्डा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । कुनै समय ६० लाख कुखुरा पुगेका थिए । किसान नै पेसाबाट विमुख भएकाले कुखुराको सङ्ख्या घटेको उहाले बताउनुभयो ।चितवन उद्योग सङ्घका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल किसान सङ्गठित भइ प्रधानमन्त्री, मन्त्री, सचिवलगायतका सरोकारवालाको ध्यानाकर्षण गराएका कारण अण्डाको अवैध आयात घटेको बताउनुहुन्छ । साथै पछिल्लो समय ऋणको ब्याजदर घट्दा पनि किसानलाई राहत पुगेको हो उहाँले भन्नुभयो “हाम्रो दुई वर्षको अथक प्रयासपछि किसानमा आशा पलाएको छ । पेसा व्यवसाय छोड्छु भनेकाहरुले समेत ऋण गरेर पुनः व्यवसायमा फर्किने तयारीमा छन् ।” रासस
राजमार्गमै रोपियो धान
राष्ट्रिय धान दिवसमा देशभर रोपाइँसहित अनेक रचनात्मक कार्यक्रम भए । पोखरा महानगर–१ मा पर्ने मध्यपहाडी लोकमार्ग खण्डमा भने फरक कार्यक्रम भयो । लोकमार्गको हरिचोकदेखि याम्दीसम्मको सडक स्तरोन्नतिको काम साह्रै सुस्त भएपछि स्थानीयले सडकमै धान रोपे ।
आत्मनिर्भर बन्न धान दिवसको महत्त्व
सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत कृषिसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूले शनिबार देशैभर धुमधामका साथ सो दिवस मनाएको हो । धानको उत्पादनमा वृद्धि गरी परनिरर्भरता हटाउने उद्देश्यले नेपालमा २०६१ सालदेखि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेको हो । यो दिवसमा धान रोपाइँसँगै दही चिउरा खाने चलन छ । त्यसैले यसलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाइन्छ । नेपालका लागि धान मुख्य बाली हो । यसको उत्पादनमा सरकारले विशेष ध्यान दिएको छ तैपनि आत्मनिर्भर हुन सकेको छैन ।
एक्काइस अर्बको धानचामल आयात
कृषिप्रधान मुलुकमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २१ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । माग अनुसार उत्पादन नहुँदा ठुलो परिमाणमा धानचामल आयात भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म १२ अर्ब ४३ करोड ९१ लाख रुपियाँ बराबरको तीन लाख सात हजार ४१७ मेट्रिक टन धान आयात भएको छ । यस्तै सोही अवधिमा आठ अर्ब ६९ करोड १७ लाख रुपियाँ बराबरको विभिन्न प्रकारका ८२ हजार ७९१ मेट्रिक टन चामल पनि आयात भएको छ ।
लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी
लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी रहेको छ । असार महिनाभित्र चार वटा लघुवित्त संस्था एकआपसमा गाभिएर दुई वटामा कायम हुने भएका छन् । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात् असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै ती दुवै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
बाँकेमा दुई प्रतिशत मात्र रोपाइँ, किसान चिन्तामा
देशभर राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै गर्दा बाँकेका अधिकांश खेत खडेरीका कारण सुख्खा हुँदा जिल्लाका किसान चिन्तामा छन्।
ताप्लेजुङमा २९ प्रतिशत रोपाइँ सकियो
ताप्लेजुङमा हालसम्म उनन्तीस प्रतिशत धान रोपाइँ भएको छ। जिल्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि यसवर्ष हालसम्म असार १५ सम्म २९ प्रतिशत मात्र रोपाइँ सकिएको हो।
बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे
सङ्घीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ ।
पहिरोपीडितलाई आर्थिक सहयोग
पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गरेको छ । गएराति फेदीखोला गाउँपालिका-५ बाङ्गेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उहाँकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको थियो ।
दुध किसानको भुक्तानी असार मसान्तमा हुने
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुध किसानको बक्यौता रकम असार मसान्तभित्र भुक्तानी हुने बताउनुभएको छ । किसानले धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरिरहेका बेला दुधबापतको भुक्तानी नपाएकोमा पीडा बोध भएको बताउँदै उहाँले असार मसान्तभित्र किसानको बक्यौता रकम भुक्तानी गराउन आफ्नो पहल हुने बताउनुभयो । असार १५ को उपलक्ष्यमा नेपाल डेरी एसोसिएसनले शुक्रबार आयोजना गरेको दही चिउरा खाने एवं पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मेरो प्रयास पूरै रकम भुक्तानी गराउनु नै हो तर सबै नभए पनि ८० प्रतिशत रकम जसरी पनि भुक्तानी गराउने छौँ ।”
सुनचाँदी व्यवसाय नियमन गर्न नीति नियम आवश्यक
सुनचाँदी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीति नियम ल्याउन अति आवश्यक रहेको व्यवसायीले बताएका छन् । शुक्रबार आयोजित नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नवौँ, १० औँ र ११ औँ वार्षिक साधारण सभा तथा चौथौ महाधिवेशनमा सहभागी वक्ताहरूले एक खर्ब लगानी रहेको सुनचाँदी व्यवसायीलाई नियमन र व्यवस्थित गर्नका लागि नीति नियम आवश्यक रहेको बताएका हुन् । सुनको आपूर्ति, गुणस्तर, चोरी तस्करी नियन्त्रण गर्नका लागि नीतिनियम आवश्यक परेकाले तत्काल ल्याउन व्यवसायीले माग गर्नुभएको छ । १० वर्षअघिदेखि सुनचाँदी व्यवसायलाई नियमन गर्न नीति नियमनको माग गरे पनि अहिलेसम्म आउन नसक्दा व्यवसायलाई व्यवस्थित गर्न कठिन भएको भन्दै व्यवसायीले जतिसक्दो छिटो ल्याउन सरकारसमक्ष माग गरेका छन् । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले वार्षिक एक खर्ब रुपियाँ बराबरको कारोबार हुने सुनचाँदी व्यवसायलाई नियमन गर्न नीति नियमन नहुँदा व्यवसायलाई व्यवस्थित गर्न कठिन भएको बताउनुभयो ।
विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टर उद्घाटन
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टर उद्घाटन गर्नुभएको हो । काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर उद्घाटन गर्दै मन्त्री बस्नेतले अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महìवपूर्ण पाइला भएको बताउनुभयो । उहाँले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन यो सेन्टर निर्माण महत्वपूर्ण उपलब्धि हासिल भएको
राष्ट्रिय धान दिवस, आत्मनिर्भर बनाउन जोडतोड
आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।
कृषिलाई आकर्षक पेसा बनाउन आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले कृषिलाई आकर्षक पेसाका रूपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमै रोक्नुपर्ने बताउनुभएको छ । २१ औँ राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय रहेको बताउँदै जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले श्रमशक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँको सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव बढ्दै जानु दुःखद रहेको बताउनुभएको छ ।
चित्रपुरमा आँप मेला (फोटो फिचर)
मधेश प्रदेशमै पहिलो पटक आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले आँप मेलाको आयोजना भएको छ। धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यो मेलाको आयोजना गरिएको हो। मेलामा विभिन्न २० भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा राखिएको छ।
सिराहामा रासायनिक मलको पर्याप्त मौज्दात
यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो ।
नरैनापुर गाउँपालिकाको बजेट पारित
बाँकेको सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।
काठमाडौँ–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान
टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ ।
बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम
बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।
हालसम्म ९.८ प्रतिशत रोपाइँ, राष्ट्रिय धान दिवस चितवनमा
असार १२ सम्म देशभरि ९.८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत धान रोपाइँ भएको छ भने सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र भएको छ । गत वर्ष असार १० सम्म सुदूरपश्चिम प्रदेशमा २२.६ प्रतिशत मात्र रोपाइँ भएको थियो भने मधेश प्रदेशमा २.९ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष कर्णाली प्रदेशमा २३.९ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा १८.३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ८.८ प्रतिशत र गण्डकी प्रदेशमा ८.३ प्रतिशत रोपाइँ भएको छ । कोशीमा ५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
विषादी छर्केर जुनार जोगाउँदै किसान
सिन्धुलीका जु्नार किसान ‘प्रोटिन बेट’ नामक विषादी छिटेर औँसा किरा नियन्त्रण गरी जुनारलाई सुरक्षित गर्ने अभियानमा जुटेका छन् । पालिका, प्रधानमन्त्री जुनार सुपरजोन परियोजना र किसानको सहभागितामा ‘प्रोटिन बेट’ नामक विषादी छिटेर जुनारलाई सुरक्षित गर्ने अभियान सुरु गरिएको हो । गत वैशाख महिनाको अन्तिम हप्तादेखि जुनार बगैँचामा उक्त विषादी छिट्न सुरु गरिएको र १० देखि १२ हप्तासम्म छिट्नुपर्ने परियोजनाले जनाएको छ । परियोजनाका अनुसार जुनारको फल जोगाउन उक्त विषादी प्रभावकारी देखिएपछि विगत पाँच वर्षदेखि प्रत्येक वर्ष जुनारको चिचिला लाग्ने सिजनमा किसानको समेत लगानीमा उक्त विषादी छिट्ने कार्य हुँदै आएको छ ।
बैङ्कहरूका लागि अग्राधिकार सेयर जारी गर्ने बाटो खुला
पुँजी कोष दबाबमा रहेका कारण पुँजी कोष बढाउने विकल्प दिनुपर्ने माग गरिरहेका बैङ्कका लागि अग्राधिकार सेयर जारी गर्ने बाटो खुलेको छ । नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूका लागि विभिन्न सर्तसहित अग्राधिकार सेयर जारी गर्ने बाटो खोलिदिएको हो । नोक्सानी भएका बैङ्कलाई पनि ऋणपत्र जारी गर्न दिने, दायित्व नपर्ने तर पुँजीमा गणना गर्न पाइने सेयर जारी गर्न दिने सुविधा ल्याइएको हो ।
साढे दुई हजार विदेशी नागरिकले पाए रोजगारी
रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार युवा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिररहेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।