सेयर बजारमा छायो रौनक
लामो समयपछि सेयर बजारमा उच्च सुधार आएको छ । निरन्तर गिरावटले दुई हजारको विन्दुमा रुमल्लिएको बजारमा एकाएक रौनकता छाएको छ । मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचकमा ४७ अङ्कको सुधार आएको छ भने कारोबार रकम साढे चार अर्बमाथि पुगेको छ । मङ्गलबार नेप्से परिसूचक ४७.०४ अङ्कले उकालो लागेर २१००.४३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.९४ अङ्कले उकालो लागेर ३७०.७१ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.२९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.४७ प्रतिशतले उकालो लागेको छ ।
हरित करबापत बिस करोड रुपियाँ सङ्कलन
डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत २० करोड रुपियाँ सङ्कलन भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत डिजेल र पेट्रोलमा हरित करबापत एक रुपियाँ सङ्कलन गर्ने घोषणा गरिएको थियो । सोही अनुसार नेपाल आयल निगमले एक महिनाको अवधिमा हरित करबापत एक महिनामा २० करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ । जेठ १५ बजेट भाषणमार्फत घोषणा गरिएको हरित कर सोही दिनदेखि नै लागु भएको थियो । निगमले डिजेल र पेट्रोल प्रतिलिटरमा एक रुपियाँका दरले हरित कर सङ्कलन गर्दै आएको छ ।
निर्माणपूर्वका सकस सल्ट्याइँदै
बर्सौंदेखि सरकारले प्राथमिकतामा राखेको बताइने तर खासै प्रगति भने हासिल हुन नसकेको जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना निर्माणपूर्वकै तयारीको सकसबाट बाहिर आउन सकेको छैन । आठ वर्षपहिले विस्तृत आयोजना प्रतिवेदन निर्माण थालिएको ६७० मेगावाटको जलाशययुक्त आयोजना अब भने निर्माणमै प्रवेश गराउने ध्येयसहित काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
प्रशासनले लगायो पाउरोटी उद्योगमा ताला
पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेका दुई वटा पाउरोटी उद्योगमा जिल्ला प्रशासन कार्यालय पाँचथरले ताला लगाएको छ।
नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो
तीव्र उतार चढावका बिच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको हो ।
उत्कृष्ट कृषक सम्मानित
२१ औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कृषिका दुई र पशुपालनका दुई रहेका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित तरकारी खेती गर्ने ढकाल नर्सरी फार्मका सञ्चालक दामोदर ढकाल र धान, मकै, बेमौसमी तरकारी, कफी, घाँस तथा फलफूल खेती गर्ने भानु नगरपालिका–९ का कडरिया एकीकृत कृषि फार्मका सञ्चालक वासुराज कडरिया सम्मानित हुनुभएको हो । ढकालले ७५ रोपनी जमिनमा तरकारी खेती गर्नुभएको छ भने कडरियाले २० रोपनी क्षेत्रमा सबै प्रकारका खेती गर्नुभएको छ ।
भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाका अवसरमा सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रमण भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
उद्योगमा दुई खर्ब सत्र अर्ब लगानी प्रस्ताव
चालु आर्थिक वर्षको ११ महिनामा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३८५ उद्योग दर्ता भई दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योग सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
‘देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, ऋणको पासोमा पर्दैनौँ’
अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने बताउनुभएको छ ।
दाङमा सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीको सक्रियता, ११ महिनामा ९२ जनाको मृत्यु
जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ । ट्राफिक नियम प्रभावकारीरुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ ।
इन्धनको मूल्य बढ्यो
पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मटितेल लिटरमा पाँच रुपियाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मटितेल १५७ रुपियाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा दुई रुपियाँ ४१ पैसा र डिजेल लिटरमा चार रुपियाँ ९१ पैसा बढेर आएको थियो । सोही मूल्य अनुसार स्थानीय बजारमा मूल्य बढाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश
नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश गरेको छ । नेपाल सरकार साझेदारी रहेको एक मात्र वायुसेवा कम्पनीले ६६ औँ वर्ष सफलतापूर्वक पार गरेको छ ।
२४ जना असल करदातालाई सम्मान
कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अध्यक्षमा रसाइली
नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौँमा आयोजना भएको महासङ्घको नवौँ, १० औँ र ११ औँ वार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
स्टार्टअप कर्जाबापत एक करोड वितरण
स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई एक करोडभन्दा धेरै रकम वितरण गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउन योग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्कको तोकिएको शाखा कार्यालयबाट रकम वितरण गरिएको औद्यौगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले अहिलेसम्म १९ व्यवसायीलाई एक करोड एक लाख ५० हजार रुपियाँ वितरण गरिएको जानकारी दिनुभयो ।
झन्डै पन्ध्र हजारलाई रोजगारीको प्रतिबद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको छ । श्रम मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत देशका सात प्रदेशमा सम्पन्न श्रमाधान रोजगार मेलाबाट त्यो सङ्ख्या रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले सातै प्रदेशका रोजगारदाताबाट आएको प्रतिबद्धता अनुसार रोजगारी दिए वा नदिएको विषयमा मन्त्रालयले समिति बनाएर फलोअफ गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
वैदेशिक रोजगारबाट फर्किएका युवा पुरस्कृत
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा उद्यमी बन्न सफल आठ युवा उद्यमीलाई पुरस्कृत गरेको छ । मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबिच पुरस्कृत हुनेहरू एक लाख ५० हजार रुपियाँसहित ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट झापामा व्यावसायिक रूपमा केरा र मकै खेती गर्दै आउनुभएका चन्द्रप्रसाद बस्नेत पुरस्कृत हुनुभएको छ । त्यस्तै जनही ७५ हजार रुपियाँ नगदसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद सङ्ग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्रसिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भूपेन्द्र शर्मा र बाराका हिराबहादुर थापा पुरस्कृत हुनुभएको हो । उहाँहरूलाई श्रममन्त्री डोलप्रसाद अर्यालले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
काठमाडौंमा स्थानीय पेयपदार्थको ब्राण्डिङ सुरु
काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
लालीगुराँसको सात अर्बभन्दा बढी अपचलन
सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन गरी फरार श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चार हजार ५२८ बचतकर्तालाई बिचल्ली बनाएर विद्यालयदेखि कृषिसम्म स्वैच्छिक लगानी गरेर फरार रहेको ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी अध्यक्ष, कार्यकारी अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
समस्याग्रस्त सहकारीका कागजात माग्ने छानबिन विशेष समितिको निर्णय
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग्ने निर्णय गरेको छ।
भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट
अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ ।
सत्ती भन्सारद्वारा नौ करोड राजस्व सङ्कलन
कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।