मुटुबारे जनचेतना जगाउने उद्देश्यले मध्यपुरथिमिमा सम्पदा पदयात्रा
विश्व मुटु दिवसका अवसरमा ‘मुटुको प्रयोग गर्नुहोस्, मुटुका बारेमा थाहा पाउनुहोस्’ भन्ने नाराका साथ मध्यपुरथिमिमा आज तीन घण्टा लामो सम्पदा पदयात्रा (हेरिटेज वाक-२०२३) आयोजना गरिएको छ ।
जात्रामय छ, हनुमानढोका दरबार क्षेत्र
अहिले हनुमानढोका क्षेत्र तथा काठमाडौँका भित्री सहर जात्रामय भएको छ । द्वादशीका दिन इन्द्रध्वजात्थोन पश्चात् सुरु भएको जात्रा चतुर्थीबाट रथयात्रा पनि भएको हो ।
नेपाली सभ्यता विश्वकै पहिलो
पृथ्वीमा प्राणीको उत्पत्ति भएको विभिन्न विद्वान्को बेग्ला बेग्लै मत छ । कसैले अमिवादेखि मानिससम्मको विकासमा करोडौँ वर्ष लागेको बताएका छन् । अमिवा एक कोषीय जन्तु हो भने मानिस हड्डीसहितको बहुकोषीय जीव हो । पौराणिक शास्त्र अनुसार र आधुनिक सिद्धान्त अनुसार पनि जीव विकासको विषयमा करिब करिब मेल खान्छ । वेदको व्याख्या अनुसार पहिलो जीवको अवतार माछा हो, दोस्रो कछुवा, तेस्रो वराह, चौथो नृसिंह (आधा बाघ आधा मानिस), पाँचौँ वामन, छैटाैँ परशुराम, सातौँ राम,
थारुहरूको चढ.गढनिया माई मन्दिर (फोटो फिचर)
कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नं. १ मा अवस्थित थारु समुदायहरूको प्राचीन चढ.गढनिया माई मन्दिर । यो मन्दिर गोरुसिङ्गेबाट करिब आठ किलोमिटरको दुरीमा उत्तरतर्फ देवी स्थान सामुदायिक वनको मध्य भागमा अवस्थित रहेको छ ।
रौनक पुलुकिसी र लाखे नाचको
काठमाडौँको इन्द्रचोकबाट ४०/५० मिटर उत्तरमा किलागल टोल छ । यहीँबाट पुलुकिसी नाच निस्कन्छ । कुनै समय यहाँ जङ्गल र हात्तीसार थियो । किलागललाई नेपाल भाषामा ‘किसिगल’ भनिन्छ । नेपाल भाषामा हात्तीलाई ‘किसी’ र गोठलाई ‘गल’ भनिन्छ । उहिले हात्तीसार रहेको ठाउँ हुनाले ‘किसिगल’ नाउँ रहन गएको हो । यसैबाट अपभ्रंश भई किलागल भनिएको हो । इन्द्रजात्राका अवसरमा काठमाडौँका विभिन्न चोक र गल्लीमा जारी नाचहरूमा पुलुकिसी नाच विशेष आकर्षणमध्ये एक हो । इन्द्रजात्राको आठौँ दिन अर्थात् आश्विन कृष्णचतुर्दशीका दिन कुमारीको रथ तान्ने समयमा पुलुकिसी नाच पनि धूमधामसँग प्रदर्शन हुन्छ । बाँसको मान्द्रो, जसलाई नेपाल भाषामा ‘पुलु’ भनिन्छ । यस मान्द्रोबाट बनेको हात्तीको आकृतिभित्र दुई
सोह्र श्राद्ध (पितृ पक्ष) सुरु
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
इन्द्रजात्रा : तल्लो टोल क्वने याः सम्पन्न
येँया (इन्द्रजात्रा)को रथजात्राको पहिलो दिन हिजो (बिहीबार) राति तल्लो टोल क्वने याः सम्पन्न भयो । राष्ट्रपति रामचन्द्र पौडेलबाट जात्राको अवलोकन पछि जात्रा तल्लो टोल तिर लगिएको थियो ।
जातक कथाको मर्म
पालि त्रिपिटक बौद्ध वाङ्मयको मूल पुस्तक हो । त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दनिकायको दसौँ पाठमा जातक कथा पनि आउँछ । जातक कथा पढेर पनि धेरैले आफ्नो जीवनशैली र विचारलाई नयाँ मोेडमा ढालेर उन्नति र विकास मार्गमा लागेको देख्न सकिन्छ । जातक भगवान् बुद्धका पूर्वजन्मसम्बन्धी कथा हुन् । यो बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि बोधिसत्त्व वा महासत्त्वको अवस्थामा दस पारमिता गुण धर्मको अभ्यास गर्दा घटनाक्रमको कथासङ्ग्रह हो । जातक शब्द
इन्द्रदहमा भक्तजनको घुइँचो
भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ ।