शक्तिपीठहरुमा स्कन्दमाताको पूजा गरिँदै
नेपालीको महानचाड बडादसैँको आज पाँचै दिन देशभरका शक्तिपीठहरुमा स्कन्दमाताको विशेष पूजा गरिँदै छ । आज खासगरी स्कन्दमाताको विशेष पूजा गरिन्छ ।
बदलिँदै दसैँ
दसैँसँग जोडिएका विभिन्न पौराणिक कथा तथा श्रुतिमध्ये सबैभन्दा मानिएका र चल्तीका (देवीले दानवलाई र भगवान् श्रीरामले रावणलाई वध गरेका) दुवै लेख्य–कथ्य प्रमाणलाई ख्याल गर्दा दसैँको सुरुवात धार्मिक पर्वका रूपमा भएको अनुमान लगाउन सकिन्छ । अहिले पनि दसैँको सुरुको नौ दिन अर्थात् नवरात्रभर विभिन्न मठ–मन्दिरमा मात्रै नभएर घर घरमा पनि गरिने पाठ पूजाले अझै यसको धार्मिक महìव जीवन्त रहेको देखाउँछ । तथापि समग्रतामा मानिसको कट्टर धार्मिकपनामा आएको परिवर्तन र त्यसका कारक विभिन्न पक्षलाई विश्लेषण गर्दा अहिले आएर दसैँ धार्मिकभन्दा पनि बढी चाहिँ सामाजिक र सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको पाइन्छ ।
दुर्गा पक्षको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै
नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
मालश्री धुन गुन्जँदा दर्शनार्थी आनन्दित
नवरात्र सुरु भएसँगै गण्डकी प्रदेशका शक्तिपीठमा निरन्तर मालश्री धुन गुन्जँदा दर्शनार्थीले अपार आनन्द महसुस गरिरहेका छन् । यहाँ प्रायः शक्तिपीठमा यी धुन बजाउने गरिएको छ । कतिपय देवी मन्दिरमा महायज्ञसमेत लगाइएको छ । प्रदेशका पोखरा, बागलुङ, तनहुँ, लमजुङमा रहेका शक्तिपीठमा देशैभरबाट भक्तजन दर्शनका लागि पुग्ने गर्छन् ।
दमौलीमा एक महिने हिन्दु महामिलन पर्व सुरु
तनहुँस्थित दमौलीलाई विश्वभर परिचित गराउन एवम् धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यासको जन्मभूमि दमौलीमा एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा यो पर्व आयोजना गरिएको छ ।
दसैँका लागि घर सजाउँदै थारु समुदाय
यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरू दसैँका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् ।
नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ
बडादसैँको आगमनसँगैे ऐतिहासिक सहर नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ भएको छ । सहरका चोक-चोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैैँको उमङ्ग ल्याएको छ ।
थारु बस्तीमा दसैँको रौनक
बडादसैँमा मात्र नाचिने थारुको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाजले थारु गाउँमा अहिले बेग्लै रौनक छाएको छ ।
कोशी प्रदेशका शक्तिपीठ धाउँदै भक्तजन
घटस्थापना सुरुसँगै पूर्वी नेपालका शक्तिपीठ तथा देवी मन्दिरमा भएको रौनकता छाएको छ । नवरात्रको अवधिमा कोशी प्रदेशका विभिन्न स्थानमा रहेका प्रसिद्ध तथा ऐतिहासिक शक्तिपीठमा भक्तजनको विशेष घुइँचो लाग्छ । शक्तिपीठको घटस्थापनाको दिन जमरा राखेर पूजापाठ गर्नुका साथै नवरात्रको अवधिभर बलिसहित पूजाआजा गरिन्छ ।