‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न
काठमाडौँको वनस्थलीस्थित काठमाडौँ बिजनेस क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
माटोका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ
माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पु¥याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई–मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
पाल्पाको सिद्ध बाबा मन्दिर (फोटो फिचर)
पाल्पाको तिनाउ गाउँपालिका वार्ड नं ३ मा अवस्थित प्रख्यात सिद्ध बाबा मन्दिर। यो मन्दिर बुटवल र पाल्पाको नदीको दोभानमा रहेको छ। बुटवलबाट पाल्पा जाँदा राजमार्गको दाहिने तर्फको उकालोमा रहेको छ। पुरातात्त्विक, धार्मिक एवं पर्यटकीय स्थलको रूपमा परिचित रहेको छ।
नेवारी खानाको प्रवर्धन गर्न ‘खाना महोत्सव’
परम्परागत नेवारी खानाहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपामा दुई दिने ‘काभ्रे फुड फेस्टिबल’ खाना महोत्सवको आयोजना गरिएको छ ।
ज्यापु महागुठीको संयुक्त अधिवेशन आयोजनाप्रति प्रधानमन्त्रीबाट शुभकामना
ज्यापु महागुठीको संयुक्त अधिवेशनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ ।
सिस्नो खोस्ने भदौरे पर्व
बागलुङको ताराखोला गाउँपालिकाको तारागाउँका मगर समुदायमा चार सय वर्षअघिदेखि मनाइँदै आएको परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा छ । मगर समाज ताराखोलाका अध्यक्ष झकबहादुर घर्तीमगरले यो पर्व मगर समुदायमा परम्परागत रूपमा पितृ उद्धारका लागि गरिने कुलपूजा भएको बताउनुभयो । यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजा गरिने उहाँले बताउनुभयो । मगर समुदायभित्रको पुरानो मौलिक संस्कृतिका रूपमा मनाइँदै आएको पर्वलाई युवा पुस्ताले पनि साथ दिएको उहाँको भनाइ छ ।
रातभर फलाकेर मनाए प्रकृति पूजक चेपाङले ‘न्वागी’
गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए ।
राधाकृष्ण रथयात्राको उल्लास
श्रीकृष्ण जन्माष्टमीका अवसरमा हरेक वर्ष भव्यताका साथ आयोजना हुने रथयात्रा यस वर्ष पनि उल्लासका साथ सम्पन्न भएको छ । बिहानैदेखि विराटनगरका बस्तीमा झाँकीहरू प्रदर्शन गरेर रथयात्रालाई थप उल्लासमय बनाउँदै दिउँसो ३ः३० बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा आरम्भ गरिएको थियो । रथयात्रामा सहभागी हुन विगतमा जस्तै यस पटक पनि हजारौँ श्रद्धालु भक्तजन विराटनगरको सडकमा उपस्थित भएका थिए ।
मकवानपुरको ‘ठेकी’ लोप हुँदै
मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष डा. लामा
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको बताउनुभएको छ ।
कास्कीकोटमा भेटिए कृष्ण र राधा !
बिहीबार दिउँसो पोखरा-२४ कास्कीकोटको भारदारी चौतारीमा मानिस जम्मा हुन थाले। घर घरबाट दही ल्याएर भाडामा राखे। जम्मा भएर भजनकीर्तन थाले। कोही श्रीकृष्ण बने, कोही राधा।
तिथि विवादले एउटै पर्वका लागि दुई पटक सार्वजनिक बिदा
पर्व मनाउने तिथि विवादका कारण एउटै पर्वको अवसरमा दुई चोटि सार्वजनिक बिदा दिइएको छ ।
भैरव कुमारी जात्रा मनाइयो
परम्परागतमा रूपमा प्रत्येक वर्ष दोलखाको सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा मनाइने भैरव कुमारी जात्रा यस वर्ष पनि अत्यन्त उत्साहका साथ मनाइएको छ ।
बेलायतमा घन्किन्छ नौमती बाजा
रोजगारी र पेसा व्यवसायका क्रममा बेलायतमा बसोबास गर्ने म्याग्देली नौमती बाजा संरक्षणमा जुटेका छन् । म्याग्दी, बागलुङ र पर्वतबाट बेलायत पुगेकाहरू सङ्गठित भएर चौध वर्षअघि धौलागिरि नौमती बाजा समूह बनाएर संरक्षण र प्रचारप्रसारमा जुटेका छन् । जन्म ठाउँको नौमती बाजालाई विदेशी भूमिमा पनि घन्काउन र नयाँ पुस्तालाई सिकाउन उनीहरू जुटेका हुन् ।
नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ स् मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभएको छ ।
मौलिक संस्कृति संरक्षणमा जोड
कावासोतीका नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विविध कार्यक्रम सुरु गरेका हुन् ।
कृष्ण जन्माष्टमीमा भजनसहितको रथयात्रा
हिन्दू धर्मावलम्बीको पवित्र चाड कृष्णाष्टमीको अवसर पारेर म्याग्दीको बेनीमा विद्यार्थीले भगवान् श्रीकृष्णको बाल रूपसहितको रथयात्रा निकालेका छन् ।
राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा
राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुग्नुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीमा उपराष्ट्रपति यादवबाट शुभकामना
श्रीकृष्ण जन्माष्टमीको अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना दिनुभएको छ ।
ललितपुरको कृष्ण मन्दिरमा दर्शनार्थीको भीड(फोटो फिचर)
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।
जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय
पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् ।
मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्याउने अपेक्षा लिनुभएको छ ।