आजदेखि रमजान पर्व सुरु
ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज (शुक्रबार)देखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्छ ।
पाहाँचह्रेमा खट जुधाउने जात्रा
असनमा बुधबार अधिकांश मानिस रातो, नीलो, पहेँलो टोपी र टिसर्टमा सझिएका थिए भने देवीको खट घुमाइएको थियो । नेवार समुदायको चाडअन्तर्गत पाहाँचह्रेको तेस्रो दिन असनमा जात्रा धुमधामका साथ मनाइयो । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुँमधी अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आआफ्नो ठाउँबाट बाजागाजासहितको टोलीले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने परम्परा छ । यो जात्रालाई नेवारी भाषामा ‘द्यःल्वाकेगु’ जात्रा (खट जुधाउने जात्रा) पनि भनिन्छ ।
असनमा जात्रा (फोटो फिचर)
असन जात्रा (न्हि जात्रा) बुधबार सम्पन्न भएको छ। पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो।
आरन पेसामा युवा पुस्ताको कम आकर्षण
हातमा सीप र मनमा आँट भए कुनै पनि काम गर्न न बुढ्यौलीले छेक्छ ,न परिवारले रोक्छ । मोरङको कानेपोखरी ७ का गोरे विश्वकर्मा ७३ वर्षको भएर पनि आरनको सहारा लिएर महिनामा २२-२५ हजार रुपियाँ कमाउनु हुन्छ ।
तस्बिरमा टुँडिखेलको घोडे जात्रा
घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरेर काठमाडौंको टुँडिखेलमा मनाइएको छ ।
ललितपुर पाटनमा ‘याक: सल’ जात्रा (फोटो फिचर)
धेरैले घोडोजात्रा भन्ने बित्तिकै टुँडिखेलमा उफ्रिएका घोडा र नेपाली सेनाले देखाएको कलालाई सम्झिन्छन्।
टुँडिखेलमा घोडे जात्रा (फोटो फिचर)
घोडे जात्रा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
टुँडिखेलमा घोडे जात्रा (प्रत्यक्ष प्रसारण)
चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम भइरहेको छ।
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै
चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।
मंगलबार टुँडिखेलमा घोडेजात्रा मनाइँदै
राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको समुपस्थितिमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलामा मङ्गलबार घोडेजात्रा कार्यक्रम गर्दैछ।
पाहाँ चर्हे जात्रा सुरु
काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्हे जात्रा आज बाट सुरु भएको छ । सोमबार चर्हेको पहिलो दिन कंकेश्वरी मन्दिर नजिक लिङ्गो (यँसी) उठाइयो ।
नेवार समुदायमा मनाइने चाड पाहाँचह्रे
काठमाडौँ उपत्यका जात्रा र पर्वले धनी मानिन्छ । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकावासीले पाहाँचह्रे मनाउने गर्छन् । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । कसैले यसलाई पासाचह्रे पनि भन्ने गर्छन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको क्यालेन्डरअनुसार चौधौँ दिनलाई भनिन्छ ।
टुँडिखेलमा घोडे जात्राको तयारी
तस्बिर : कविता थापाकाठमाडौं, चैत ५ गते। यस वर्षको घोडेजात्राको तयारी सुरु भएको छ। नेपाली सेनाले राष्ट्रपतिको प्रमुख आतिथ्यतामा हुने घोडे जात्राको तयारी गरेको हो। घोडे जात्राको अवसरमा विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साइकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प प्रदर्शन गरिने छ। यो वर्षको घोडेजात्रा चैत ७ गते परेको छ। घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवम् समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुग्नु हुनेछ।
रेसुंगामा धार्मिक पर्यटन बढाउन धार्मिक अनुष्ठान गरिने
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगामा धार्मिक पर्यटन वृद्धि गर्न भारतबाट सन्त महन्तहरु लिएर धार्मिक अनुष्ठान गरिने भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा रेसुंगामा आगामी बैशाख तेस्रो हप्तादेखि जेठ पहिलो हप्ता भित्रमा धार्मिक अनुष्ठान गरिने भएको हो ।
कुमारी घरबाट राष्ट्रपति पौडेललाई पूजाको प्रसाद र बधाई ज्ञापन
राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरमा भएको पूजाको प्रसाद पुर्याइएको छ । सोही क्रममा कुमारी घरकातर्फबाट पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।
शिव भगवानलाई कुल्चिने पाल्ही कोटकी काली भगवती
नवलपरासी जिल्लाको पाल्ही नन्दन गाउँपालिका वडा नं.४ मा अवस्थित प्राचीन एवम् प्रख्यात पाल्ही कोटकी काली भगवती मन्दिर छ ।
लुम्बिनीमा एकै दिन पाँच सय भिक्षु बने
अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।
लुम्बिनीमा पाँच सय जना बने अल्पकालीन भिक्षु
लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकैदिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् ।
लुम्बिनीमा पाँचसय अल्पकालीन भिक्षु
लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरू पालना गर्नुपर्नेछ ।
श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने
सरकारले हिन्दु धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने भएको छ ।
लुम्बिनीको दानपात्रमा एक करोड तीन लाख
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत १ करोड ३ लाख ७ हजार रुपियाँ सङ्कलन भएको छ।
पाथीभरामा बलिप्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग
यहाँको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउने गर्दथे ।
पैदलयात्रामा लुम्बिनी पुगेका दुई सय दक्षिण कोरियाली भिक्षु फिर्ता
दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् ।
हजार किलोमिटर हिँडेर दुई सय कोरियाली लुम्बिनीमा
दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्री पैदलयात्रा गरेर मंगलबार लुम्बिनी आइपुगेका छन्।