बाढीले श्री मुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड क्षति
मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –४ कागबेनीमा गत आइतबार साँझ कागखोलामा आएको बाढीले श्री मुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।
लोमान्थाङमा यार्तुङ पर्व सुरु
सुन्दर ऐतिहासिक लोमान्थाङ मौलिक संस्कृतिको उद्गमस्थल पनि हो ।
भोजपुरमा लाखे जात्राकाे रौनक
भोजपुर जिल्ला सदरमुकामस्थित चारभन्ज्याङमा नाग पञ्चमीको अवसरमा लाखे जात्रा गरिएको छ । जिल्लाको वाेखिम, काफ्ले, टक्सार, भैसिपन्खा, प्याउली, चम्पे, याङपाङ,च्यानग्रे लगायत छेत्रमा लाखे नाच देखाउने परम्परा छ ।
दाङमा थारु बालबालिकाको पर्व गुरही मनाइँदै
दाङ–देउखुरीको खिमबहादुर शाह माध्यमिक विद्यालय लमही कोलहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी शिला चौधरी मध्यान्तरपछि घर फर्कनुभयो । गुरही पर्व मनाउन र भाइबहीनीलाई सजाउनकै लागि उहाँ छिटो घर फर्कनुभयो ।
सुदूरपश्चिममा दुई गौरा : भदाै ७ र २१ गते मनाइने
सुदूरपश्चिम प्रदेशका देव–देवालयहरू (मन्दिर) मा विशेष हर्षोल्लासका साथ मनाइने गौरा पर्व भदौ ७ र २१ गते मनाइने भएको छ । भदौ ७ गते गौरा पर्व मनाउनेले पञ्चमीको अवसरमा सोमबार बिरुडा भिजाएका छन् । बिरुडा भिजाएसँगै सुदूरपश्चिममा गौरा पर्वको विधिवत सुरुवात भएको छ ।
प्राचीन सहर बनेपा : जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्
प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्त्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ ।
शाश्वतधाममा प्रवचन सुन्न भक्तजनको घुइँचो
पूर्वी नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाममा सुरु भएको ‘हनुमान कथा वाचन सुन्नका लागि भक्तजनको भिड लागेको छ ।
नागका चित्र घरका ढोकामा टाँसेर नागपञ्चमी मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइँदैछ ।
श्रावण शुक्लपक्षको तेस्रो सोमबार : देशभरका शिवालयमा भक्तजनको भीड
चान्द्रमासअनुसार श्रावण शुक्लपक्षको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तवजनको भीड लागेको हो ।
सिंजा केदारनाथ बुदबुदी महोत्सव हुने
ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले वृहत महोत्सव गर्न थालेको हो ।
आज नागपञ्चमी पूजा अर्चना गरी मनाइँदै (फाेटो फिचर)
आज नागपञ्चमी परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।
थारु समुदायले गुरही पर्व मनाउँदै
पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनाइँदै छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो ।
आज नागपञ्चमी: नागको पूजा, आराधना गरी मनाइँदै
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।
महोत्तरीमा झुला पर्व सुरु
मैथिली संस्कृतिको एक अभिन्न संस्कृतिको रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई भुला पर्व भनिन्छ ।
गुरही पर्वमा स्थानीय बिदा दिन माग
थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
तेह्रौँ शताब्दीको शिव मन्दिर पुनर्निर्माण
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनर्निर्माण गरिएको छ ।
महेन्द्रनगर निङ्गलाशैनी भगवती मन्दिर (फोटो फिचर)
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १० गोबरियामा अवस्थित पुरानो निङ्गलाशैनी भगवतीको मन्दिर एक ऐतिहासिक महत्वको रूपमा चिनिन्छ । यस क्षेत्रको पुरानो मन्दिर मध्येमा पर्ने यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
तिजमा रमाउँदै राना थारु समुदाय
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा आज तिज पर्व मनाइँदै छ । दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले तिज पर्व मनाउन लागेको हो ।
रानाथारु समुदायमा सुरु भयो तीजको चहलपहल
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदायमा तीज पर्वको चहलपहल सुरु भएको छ । कैलाली र कञ्चनपुरमा बसोबास रहेको यो समुदाय भदौ २ गते तीज पर्व मनाउँदैछन् ।
सुदूरपश्चिममा ‘ओल्के’ चाड मनाइँदै
पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
गुँला पर्व सुरु
नेवार समुदायले मनाउने गुँला पर्व बिहीबारबाट सुरु भएको छ ।
सदाचार पालना गर्ने पर्व गुँला
मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकामा विशेषरुपमा मनाइन्छ ।
भक्तपुरमा जनैपूर्णिमा भदौ १३ र गाईजात्रा १४ गते मनाइने
भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय गरिएको छ ।
साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड
सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।