• २१ वैशाख २०८१, शुक्रबार

वसन्तपुरमा मनाइयो गाईजात्रा (फोटो फिचर)

blog

काठमाडौंको वसन्तपुर क्षेत्रमा सापारु (गाईजात्रा) मा सहभागी स्थानीय बासिन्दा । तस्बिर: केशब गुरुङ

मनोजरत्न शाही/केशब गुरुङ 

काठमाडौँ, भदौ १५ गते । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व सापारु (गाईजात्रा) आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात् गाईजात्रा हो । 

मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरी बाँच्न प्रेरित गर्दछ । 

मल्ल कालका राजा प्रताप मल्लले पुत्रशोक परेर विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउन आदेश दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सापारु (गाईजात्रा) को प्रचलन चलेको जनविश्वास छ ।

तस्बिर: मनोजरत्न शाही/केशब गुरुङ