• १२ साउन २०८१, शनिबार

जनै, रक्षा बन्धन र क्वाँटीको व्यापार (फोटो फिचर)

blog

काठमाडौको असन क्षेत्रमा बेच्न राखिएको जनै र डोरो । तस्बिर : केशब गुरुङ

काठमाडौं, भाद्र १३ गते । यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन भाद्र १४ गते बिहीबार परेको छ। यसलाई जनैपूर्णिमा, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ।

नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ। सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ। यो दिन घरघरमा क्वाँटी खाने चलन छ।  

क्वाँटीमा विभिन्न गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राजमा मिसाएर टुसा उमारी बनाउने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ।  


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।