• २६ वैशाख २०८१, बुधबार

बजारमा गाईजात्राका लागि आवश्यक सामान (फोटो फिचर)

blog

गाईजात्राको अवसरमा बजारमा बेच्न राखिएको सामग्री । तस्बिर: मनोजरत्न शाही

काठमाडौं, भदौ १३ गते । नेपाल भाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारूँ’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात् गाईजात्रा हो । 

यस दिन उपत्यकामा वर्षभर दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईसहित जात्रा निकालिन्छ । गाईजात्रा पर्व उपत्यका र देशभर नेवार बाहुल्य क्षेत्रमा विशेष उत्सवका साथ मनाइएको छ । मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरेर बाच्न प्रेरित गर्दछ । यसै  अवसरमा काठमाडौँको विभिन्न क्षेत्रमा सापारु अर्थात् गाईजात्रासँग सम्बन्धित सामग्रीहरू बेच्न राखिएका छ ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।