भारतले जित्यो सिरिज
श्रीलंकाविरुद्ध टी–२० क्रिकेट सिरिज भारतले जितेको छ । रोजकोटमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारतले श्रीलङ्कालाई ९१ रनले हरायो । यससँगै तीन खेलको सिरिज भारतले २–१ ले जितेको छ ।
फार वेस्टले पोखरालाई हराएपछि काठमाडौं प्लेअफमा
काठमाडौं नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराएपछि काठमाडौंं प्लेअफमा पुगेको हो ।
नेपाल टी–२० क्रिकेट : विराटनगर प्लेअफमा
विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा विराटनगरले काठमाडौं नाईट्सलाई सात विकेटले हरायो ।
नेपाल टी–२० क्रिकेट : जनकपुर प्लेअफमा
जनकपुर रोयल्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो ।
राखेप सदस्य सचिव र आइसिसी प्रतिनिधिबीच छलफल
नेपाल टी–२० लिग क्रिकेटमा देखिएको विवाद बारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि नेपाल आएका छन् ।
क्रिकेटमा देखिएको विवाद छानबिन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रवि लामिछानेले नेपाल टी–२० क्रिकेट लिगमा देखिएको विवाद छानबिन गर्न निर्देशन दिनुभएको छ ।
नेपाल टी–२० क्रिकेट : लुम्बिनीको सातौं जित
लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा सातौं जित निकालेको छ । प्लेअफमा स्थान बनाइसकेको लुम्बिनीले मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले हरायो ।
विवादका कारण नौं ओभरमा झारिएको खेलमा काठमाडौं विजयी
विवादका कारण नौ ओभरमा छोट्ट्याएको नेपाल टी–२० क्रिकेट लिगमा मंगलबार काठमाडौं नाइट्स विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा काठमाडौंले विराटनगर सुपर किंग्सलाई ३४ रनले हरायो ।
फार वेस्टलाई हराउँदै जनकपुर प्लेअफ नजिक
जनकपुर रोयल्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफ नजिक पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले फार पेस्ट युनाइटेडलाई ८२ रनले हरायो । जितसँगै जनकपुर दोस्रो स्थानमा यथावत् छ ।
नेपाल टी–२० क्रिकेट : लयमा फर्कियो पोखरा
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट लिगको लयमा फर्किएको छ । सुरुवाती खेलमा हार खेपेको पोखराले पछिल्लो तीन खेलमा लगातार जित निकाल्दै अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
नेपाल टी–२० क्रिकेट : लुम्बिनी प्लेअफमा
लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । वित्रि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले हरायो ।
जनकपुरमाथि काठमाडौंको सहज जित
काठमाडौं नाईट्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई ९० रन ले हरायो ।
पोखरालाई पहिलो सफलता
पोखरा रेन्जर्सले काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले फार वेस्ट युनाईटेडलाई तीन विकेटले हरायो ।
नेपाल टी–२० क्रिकेट : लुम्बिनीको अपराजित यात्रा जारी
लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । त्रिवि क्रिमेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले हरायो ।
हङकङलाई टी–२० सिरिज
बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट टी–२० सिरिजको उपाधि हङकङ क्रिकेट क्लबले जितेको छ । सिरिजअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हङकङले बिहीबार भएको दोस्रो खेलमा आयोजक बागमती प्रदेशलाई ११ रनले हरायो ।
जनकपुर रोयल्स दोस्रो स्थानमा
जनकपुर रोयल्स नेपाल टी–२० लिग क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । त्रिवि मैदानमा बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाईटेडलाई आठ विकेटले हरायो ।
विराटनगरको सानदार जित
विराटनगर सुपर किंग्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले पोखरा रेन्जर्सलाई आठ विकेटले हरायो । लिगमा विराटनगरको यो दोस्रो जित हो ।
सन्दीपविरुद्धको मुद्दामा प्रमाण बुझाउन आदेश
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा अदालतले मंगलबार प्रमाण बुझाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो ।
बागमतीमाथि हङकङ विजयी
बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट सिरिज अन्तर्गत टी–२० को पहिलो खेलमा पाहुना टोली हङकङ क्रिकेट क्लब विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा हङकङले आयोजक बागमती प्रदेशलाई ५७ रनले हरायो ।
काठमाडौं नाइट्सको दोस्रो जित
काठमाडौं नाइट्सले नेपाल टी–२० क्रिकेट लिगमा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले हरायो । काठमाडौंले दिएको दुई सय नौ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा उक सय ५५ रन मात्र बनाएको थियो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुुद्दाको सुनुवाइ हुँदैछ । मङ्गलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।
लुम्बिनीसँग पोखरा पराजित
लुम्बिनी अल स्टारले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो ।
हङकङविरुद्धको सिरिजमा बागमती विजयी
हङकङ क्रिकेट क्लबविरुद्धको आमन्त्रण क्रिकेट बागमती प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा बागमतीले हङकङलाई चार विकेटले हरायो ।
जनकपुरको लगातार दोस्रो जित
जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर किग्संलाई पाँच विकेटले हरायो ।