• १९ असोज २०८१, शनिबार

हङकङविरुद्धको सिरिजमा बागमती विजयी

blog

हङकङसँगको सिरिज जितेपछि बागमतीका खेलाडी ।

काठमाडौं, पुस ११ गते । हङकङ क्रिकेट क्लबविरुद्धको आमन्त्रण क्रिकेट बागमती प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा बागमतीले हङकङलाई चार विकेटले हरायो ।

यससँगै ४० ओभरको दुई खेलको सिरिज बागमतीले २–० ले जितेको हो । आइतबार भएको पहिलो खेलमा बागमती दुई विकेटले विजयी भएको थियो । हङकङले दिएको एक सय दुई रनको विजय लक्ष्य पछ्याएको बागमतीले २९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

बागमतीका लागि सोनी पाख्रिनले २७ रन बनाउनुभयो । कञ्चन श्रेष्ठले २५ र सलिना सिलवालले अविजित २१ रन जोड्नुभयो । बलिङमा हङकङकी बेलीले चनले तीन विकेट लिनुभयो । इमा साईले दुई तथा कार्या चनले एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको हङकङलले २५ ओभरमा सबै विकेटको क्षतिमा ए कसय एक रन बनाएको थियो । हङकङका लागि कार्या चनले सर्वाधिक २२ रन बनाउनुभयो । इमा साईले १६ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बलिङमा बागमतीका खुसी डङ्गोल र सोनी पाख्रेनले तीन तीन विकेट लिनुभयो । अस्मिना कर्माचार्यले दुई तथा विपिसा शाहीले एक विकेट झार्नुभयो । अब दुई टोलीबीच मंगलबारदेखि दुई खेलको टी–२० सिरिज हुनेछ ।