• १२ साउन २०८१, शनिबार

पोखरालाई पहिलो सफलता

blog

शुक्रबारको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै पोखरा र फार वेस्टका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस १५ गते । पोखरा रेन्जर्सले काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले फार वेस्ट युनाइटेडलाई तीन विकेटले हरायो ।

एक सय ८८ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९. ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । पोखराको जितमा आसिफ शेखले सर्वाधिक ४५ रन बनाउनुभयो । कुशल मल्लले ४०, सुमित महर्जनले ३८, सिद्धान्त लोहनी २३ र अमिर हम्जाले १२ रन बनाउनुभयो । बलिमा फार वेस्टका उमेर अलि, करण केसी र प्रकाश जैशीले दुई दुई विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो । फार वेस्टका लागि देव खनालले ३३, रशिद खानले ३२, उमर अलिले २२, हसिम अन्सारी र भिम सार्कीले १७/१७ तथा करण केसीले अविजित १२ रन बनाउनुभयो ।

बलिङमा पोखराका जाहिर खानले तीन तथा तुलबहादुर थापा र अमिर हम्जाले दुई दुई विकेट लिनुभयो । कुशल मल्ल र आरिफ शेखले एक एक विकेट झार्नुभएको थियो । ६ खेलमा पहिलो जित निकालेको पोखरा दुई अङ्कसहित पाँचौं स्थानमा छ ।

पाँच खेलबाट दुई अङ्क बनाएको पोखरा अन्तिममा छ । पुस २७ गतेसम्म चल्ने लिगमा ६ टोलीको सहभागिता छ । लिगको विजेता टोलीले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछ ।