• १२ साउन २०८१, शनिबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

blog

क्रिकेटर सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौं, पुस १२ गते । काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुुद्दाको सुनुवाइ हुँदैछ ।

मङ्गलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।

गत कात्तिक १४ गते एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो ।

यसअघि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दामा आज पेशी चढेको हो ।

यो पनि पढ्नुहोस

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस सुरु

क्रिकेटर सन्दीप लामिछाने प्रहरी वृत्त गौशालामा

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी