• ८ वैशाख २०८१, शनिबार

सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्दीप लामिछाने (कालाे माक्स र क्यापमा) प्रहरी नियन्त्रणमा । तस्बिरः बिकास द्धारे

काठमाडौँ, असोज २० गते । एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिहीबार कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । विमानस्थल प्रहरी सुरक्षा प्रमुख डिआइजी श्यामलाल ज्ञवालीका अनुसार सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।उहाँले भन्नुभयो, ‘लामिछाने नेपाल पुगिसक्नु भएको छ, उहाँलाई विमानस्थलबाट हामीले नियन्त्रणमा लिएका छौँ ।लामिछाने स्वदेश फर्किन लागेको जानकारी सामाजिक सञ्जालबाट दिनुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे ओर्लिने  भए पनि  खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केही बेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज केही बेर आकाशमा घुमेको थियो । लामिछानेविरूद्ध गत भदौ २१ गते एक बालिकाले बलात्कार आरोपमा जाहेरी दिनुभएको छ । नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले  लामिछानेलाई विमानबाटै  प्रहरीले  नियन्त्रणमा लिएको जनाएको छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।