• २३ मंसिर २०७९, शुक्रबार

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

blog

काठमाडौं, भदौ २३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी सूचनामा ‘‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को  ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति दिएसँगै पक्राउ पुर्जी जारी भएको छ ।’’

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर किशोरीमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मङ्गलबार उजुरी परेको थियो । उजुरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो ।

सम्बन्धित समाचार

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी

कप्तान लामिछानेमाथि अनुसन्धान सुरु

कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल