• ७ वैशाख २०८१, शुक्रबार

नेपाल टी–२० क्रिकेट : लुम्बिनीको अपराजित यात्रा जारी

blog

शुक्रबारको खेलमा प्रतिस्पर्धा गर्दै लुम्बिनी र काठमाडौंमा खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस १५ गते । लुम्बिनी अल स्टार्सले नेपाल टी–२० क्रिकेट लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । त्रिवि क्रिमेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले हरायो ।

लुम्बिनीको यो लगातार पाँचौं जित हो । जितसँगै लुम्बिनी शीर्षस्थानमा यथावत रहेको लुम्बिनी प्लेअफ नजिक पुगको छ । लुम्बिनीले दिएको एक सय ५१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १५ रनमा समेटिएको थियो । 

काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले सर्वाधिक ३८ रन बनाउनुभयो ।  कमलसिंह ऐरीले अविजित १९, सुनाम गौतमले १८ र एलेक्स ब्लेकले ११ रन बनाउनुभयो । बलिङमा लुम्बिनीका हरमित सिंहले तीन विकेट लिनुभयो । किशोर महतो, श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले एक एक विकेट झार्नुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४० रनब नाउनुभयो । लाहिरु मिलन्थाले २५, स्याड्ली भानले २१, कुशल भुर्तेलले १९, अनिल शाह १३ र हरमित सिंहले १२ बनाउनुभयो । 

बलिङमा काठमाडौंका अजमतुल्लाह उमरजाईले दुई विकेटलिनुभयो । अभिनाश बोहोरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले एक एक विकेट लिनुभयो । जितसँगै अपराजित लुम्बिनीले १० अंक बनाएको छ । पराजित काठमाडौं तेस्रो स्थानमा छ । काठमाडौंले चार खेलबाट चार अंक बनाएको छ ।

आज (शुक्रबार) नै फार वेस्ट युनाईटेड र पोखरा रेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । पुस २७ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ । डबल राउन्ड रोबिनका आधारमा खेलाइने लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । 

यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।