नेपाल पहिले ब्याटिङ गर्दै
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।
आईसीसी लिग–२ : नेपाल आज नामिबियासँग खेल्दै
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।
लुम्बिनी र गण्डकी विजयी
लुम्बिनी र गण्डकी प्रदेशले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार जित निकालेका छन् । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले प्रदेश–१ लाई ६ विकेटले हरायो ।
मधेशमाथि प्रदेश–१ को सानदार जित
प्रदेश–१ ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानदार जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा प्रदेश–१ ले मधेश प्रदेशलाई १० विकेटले हरायो ।
भारतीय गायकवाडद्वारा एकै ओभरमा सात छक्का र ४३ रनको कीर्तिमान
भारतीय युवा क्रिकेटर ऋतुराज गायकवाडले क्रिकेट खेलको एकै ओभरमा सात छक्कासहित ४३ रनको विश्वकीर्तिमान रच्नुभएको छ ।
यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको फराकिलो जित
सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई दुई सय १३ रनले हरायो ।
सुदूरपश्चिम र कर्णाली विजयी
वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई एक सय १३ रनले हरायो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई दुई विकेटले पराजित गरेको छ ।
दोस्रो अभ्यास खेलमा नेपाल विजयी
नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको दिल्ली जिल्ला क्रिकेट एसोसिएसन (डिडिसिए)विरुद्धको दोस्रो अभ्यास खेलमा जित निकालेको छ । दिल्लीस्थित अरुन जेट्ली क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले डिडिसिएलाई ६ विकेटले हरायो ।
बागमतीको लगातार तेस्रो जित
बागमती प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदामना शनिबार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई एक सय ५२ रनले हरायो ।
बागमती र सुदूरपश्चिमको दोस्रो जित
बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
अभ्यास खेलमा नेपाल पराजित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणको तयारीमा रहेको नेपाली क्रिकेट टोली बिहीबार भएको पहिलो अभ्यास खेलमा भारतीय क्लब दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसन (डिडिसिए) सँग दुई विकेटले पराजित भएको छ ।
यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात
सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पाँच विकेटले हरायो ।
क्रिकेट टोलीको बिदाइ
नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुन आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नामिबिया भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा
नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल टी–२० लिग मङ्सिर अन्तिममा
नेपाल टी–२० फ्रेन्चाइज लिग मङ्सिर २६ देखि पुस १६ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार राति लिगको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपाललाई एकदिवसीय सिरिज उपाधि
ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो ।
नेपाललाई यूएईको मध्यम लक्ष्य
एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली संयुक्त अरव इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ ।
सट्टेबाजी गरेको आशङ्कामा दर्शक पक्राउ
नेपाल र युएईबीच जारी एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा केही दर्शकलाई प्रहरीले त्रिवि मैदान कीर्तिपुरबाटै पक्राउ गरेको छ ।
टस जितेको नेपाल पहिले फिल्डिङ गर्दै
संयूक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि यूएई ब्याटिङमा उत्रिएको छ ।
नेपाल आज यूएईसँग निर्णायक खेल खेल्दै
नेपालले आज (शुक्रबार) संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेल खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९:०० बजे सुरु हुने खेल नेपाल र यूएई दुवैलाई महत्वपूर्ण छ ।
यू–१९ क्रिकेट मङ्सिर ७ देखि
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मङ्सिर ७ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
एकदिवसीय सिरिज : नेपालसँग यूएई तीन विकटले पराजित
दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईमाथि नेपालले तीन विकेटको जित निकालेको छ।
नेपाल पहिले फिल्डिङमा
संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ । त्रिवी मैदान कीर्तिपुरमा बुधबार यूर्एइले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो । आजको खेलमा नेपाल जित निकाल्दै सिरिजमा फर्कने तयारीका छ ।
नेपाल र यूएईको दोस्रो खेल आज
नेपाल र पाहुना टोली संयुक्त अरव इमिरेट्स (यूएई) बीचको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेल आज (बुधबार) हुँदैछ । त्रिवी मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल जित निकाल्दै सिरिजमा फर्कने तयारीका छ ।