• १२ साउन २०८१, शनिबार

नेपाल पहिले ब्याटिङ गर्दै

blog

टसपछि नेपाल र नामिबियाका कप्तान । तस्बिर : क्यान

काठमाडौं, मंसिर १६ गते । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा अहिले नेपाल टस हारेर पहिले ब्याटिङ गर्दैछ । नामिबियाले टस जितेर फिल्डिङ रोजेको हो । आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

एकदिवसीय विश्वकप छनोटका लागि महत्त्वपूर्ण मानिएको यस सिरिजमा नेपाललाई सबै खेल महत्त्वपूर्ण रहेको छ । मङ्सिर २२ गतेसम्म सञ्चालन हुने यस सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्यान्ड रहेका छन् ।

सात टोली सहभागी यस सिरिजमा ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली आगामी वर्ष आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न पनि शीर्ष पाँचमा रहनु पर्नेछ । नेपाल अहिले सिरिजको छैटौँ स्थानमा छ । सिरिजमा २० खेल सकेको नेपालले १७ अङ्क बनाएको छ ।