सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले क्रिकेटर सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।
हिमालको काखमा महिला क्रिकेट खेलाडीको सेल्फी
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) र बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) का खेलाडीहरु मैत्रीपूर्ण खेलपछि सेल्फी लिंदै
सन्दीपसँगको बयान सकियो : ‘उक्साहटमा फसाइयो’
क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो।
इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित
आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘ए’ को शीर्षस्थानमा रहेको न्युजिल्यान्ड इङ्ल्यान्डसँग पराजित भएको छ । ब्रिस्बेन क्रिकेट मैदानमा मंगलबार भएको खेलमा न्युजिल्यान्ड इङ्ल्यान्डसँग २० रनले पराजित भयो ।
प्रदेश–१ सँग बागमती स्तब्ध
अंकित सुवेदीले सतकीय इनिङ्स खेलेपछि प्रदेश–१ ले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशमाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा प्रदेश–१ ले बागमती प्रदेशलाई ६९ रनले हरायो ।
पीएम कप क्रिकेट : सूदूरपश्चिममाथि एपीएफको सानदार जित
विभागीय टोली नेपाल एपीएफ क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा सूदूरपश्चिम प्रदेशमाथि सानदार जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले सुदूरुपश्चिम प्रदेशलाई १० विकेटले हरायो ।
श्रीलंकासँगको हारसँगै बाहिरियो अफगानिस्तान
श्रीलंकासँगको हारसँगै अफगानिस्तान अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । ब्रिस्बेन क्रिकेट मैदानमा मंगलबार भएको खेलमा अफगानिस्तान श्रीलङ्कासँग ६ विकेटले पराजित भयो ।
सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस सुरु
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ ।
नेपालले युएईसँग एकदिवसीय सिरिज खेल्ने
नेपालले त्रिवि क्रिकेट मैदानमा संयुक्त अरव इमिरेट्स (यूएई) सँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ ।
नेपाल पुलिस र गण्डकी प्रदेश विजयी
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले जित निकालेका छन् । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश–१ लाई सात विकेटले हरायो ।
आइसिसी टी-२० विश्वकप : अष्ट्रेलियाको दोस्रो जित
आयोजक अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा दोस्रो जित निकालेको छ । ब्रिसबेनमा सोमबार भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हरायो ।
क्रिकेटर सन्दीपविरुद्ध मुद्दा दर्ता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौं जिल्ला अदातलमा नाबालिका बलात्कार सम्बन्धी मुद्दा दर्ता भएको छ ।
पीएम कप : एपीएफको विजयी सुरुवात
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो ।
पाकिस्तानको सहज जित
पाकिस्तानले अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि सहज जित निकालेको छ । सुपर १२ अन्तर्गत आइतबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो ।
पीएम कप : पुलिसको सुखद सुरुवात
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई एक सय ९२ रनले हरायो ।
बंगलादेशको रोचक जित
बंगलादेशदले अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा जिम्बावेमाथि रोचक जित निकालेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा आइतबार भएको खेलमा बंगलादेशले जिब्बावेलाई तीन रनले हरायो ।
न्युजिल्यान्डसँग श्रीलङ्का पराजित
अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा न्युजिल्यान्डले श्रीलंकामाथि सानदार जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले हरायो ।
पीएम कप : कर्णालीको टोली घोषणा
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटका लागि कर्णाली प्रदेशले खेलाडी टोलीको घोषणा गरेको छ । कर्णालीले शनिबार रविन्द्रजंग शाहीको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
पीएम कप क्रिकेट : मधेश टोलीको घोषणा
यही कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको प्रधानमन्त्री (पीएम) कप क्रिकेटका लागि मधेश प्रदेश टोलीको घोषणा गरिएको छ ।
अफगानिस्तान र आयरल्यान्डको खेल रद्द
आईसीसी टी-२० विश्वकपमा अफगानिस्तान र आयरल्यान्डबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा शुक्रबार तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको हो ।
भारतको लगातार दोस्रो जित
भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा लगातार दोस्रो जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५७ रनले हरायो ।
बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित
आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि सानदार जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिका बंगलादेशलाई एक सय चार रनले हरायो ।
न्युजिल्यान्ड र अफगानिस्तानको खेल रद्द
आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर १२मा न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ ।
आईसीसी यु–१९ टोली विजयी
आईसीसी यू–१९ महिला क्रिकेट टोलीले अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान) ११ मिक्स महिला टोलीलाई पराजित गरेको छ ।