• १० मंसिर २०८१, सोमबार

पीएम कप : पुलिसको सुखद सुरुवात

blog

काठमाडौं, कात्तिक १३ गते । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई एक सय ९२ रनले हरायो ।

पुलिसले दिएको दुई सय ९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा सबै विकेटको क्षतिमा ९७ रनमा समेटिएको थियो । बागमतीको लागि ईशान पाण्डेले सर्वाधिक २४ रन बनाउनुभयो । रामनरेश गिरीले २२, प्रतिशत जिसीले १४ र नन्दन यादवले १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

पुलिसका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिनुभयो । करण केसीले दुई गुलसन झा र सागर ढकालले दुई दुई विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  पुलिसले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षमता दुई सय ८९ रन बनाएको थियो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले एक सय आठ रनको सतकीय इनिङ्स खेल्नुभयो । कुशल भुर्तेल र सुनिल धमलाले समान ३७/३७, आरिफ शेखले ३६, योगेन्द्र सिंह कार्की १६, पवन सर्राफले अविजित १५ रन र दिलीप नाथले अविजित १२ रन बनाउनुभयो । 

बागमतीका नन्दन यादवले दुई तथा रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले एक एक विकेट लिनुभयो । पुलिसका दीपेन्द्र ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो ।