• १३ असोज २०८१, आइतबार

इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित

blog

इङ्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै न्युजिल्यान्डका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौं, कात्तिक १५ गते । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘ए’ को शीर्षस्थानमा रहेको न्युजिल्यान्ड इङ्ल्यान्डसँग पराजित भएको छ । ब्रिस्बेन क्रिकेट मैदानमा मंगलबार भएको खेलमा न्युजिल्यान्ड इङ्ल्यान्डसँग २० रनले पराजित भयो ।

इङ्ल्यान्डले दिएको एक सय ८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ६२ रन बनाउनुभयो । कप्तान केन विलियम्सनले ४०, फिन एलन र  मिचेल स्टानले समान १६/१६ रन बनाउनुभयो । 

बलिङमा इङ्ल्यान्डका साम करन र क्रिस वोक्सले दुई दुई तथा मार्क उड र बेन स्टोक्सले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७९ रन बनाएको थियो । इङ्ल्यान्डका लागि कप्तान जोस बट्लरले सर्वाधिक ७३ रन बनाउनुभयो । एलेक्स हलेसले ५२ र लियाम लिभिङ स्टोनले २० रन बनाउनुभयो ।

बलिङमा न्युजिल्यान्डका लक्की फर्गुसनले दुई तथा टिम साउथी, मिचेल स्टानर र इश सोधीले एक एक विकेट लिनुभयो । सुपर १२ मा जितसँगै समूह ‘ए’ चार खेलबाट पाँच अङ्क बनाएको इङ्ल्यान्ड दोस्रो स्थानमा उक्लिएको छ । समान पाँच नै अङ्क बनाएको न्युजिल्यान्ड शीर्षस्थानमा छ । तेस्रो स्थानमा रहेको आयोजक अष्ट्रेलियाको पनि पाँच अङ्क छ । एजेन्सी