• ८ वैशाख २०८१, शनिबार

अभ्यास खेलमा नेपाल पराजित

blog

ब्याटिङ गर्दै नेपालका कप्तान रोहित पौडेल । तस्बिर : क्यान

काठमाडौं, मंसिर ८ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणको तयारीमा रहेको नेपाली क्रिकेट टोली बिहीबार भएको पहिलो अभ्यास खेलमा भारतीय क्लब दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसन (डिडिसिए) सँग दुई विकेटले पराजित भएको छ ।

नेपालले दिएको ३०४ रनको विजयी लक्ष्य भारतको डिडिसिएले ४९.३ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो । यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३०३ रन बनाएको थियो ।

नेपालले शुक्रबार दिल्लीसँगै दोस्रो अभ्यास खेल खेल्नेछ । नेपाली टोली आइतबार भारतबाटै नामिबिया प्रस्थान गर्नेछ । लिग–२ सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लिग–२ मा हाल नेपाल १७ अङ्कसहित छैटौँ स्थानमा छ ।