• १० मंसिर २०८१, सोमबार

बागमती र सुदूरपश्चिमको दोस्रो जित

blog

म्यान अफ दि म्याच घोषित बागमतीका प्रकाश श्रेष्ठ । तस्बिर : क्यान

काठमाडौं, मंसिर ९ गते । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा बागमतीले प्रदेश–१ लाई ७२ रनले हरायो ।

बागमतीले दिएको दुई सय ७० रनको लक्ष्य पछ्याएको प्रदेश–१ ४९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रननमा समेटियो । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६९ रन बनाएको थियो ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई एक  सय रनले हरायो । सुदूरपश्चिमले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा सबै विकेटको क्षतिमा ८० रनमात्र बनाउन सकेको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

यस्तै म्यान अफ दि सिरिजलाई १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।