• ७ वैशाख २०८१, शुक्रबार

जनकपुर रोयल्स दोस्रो स्थानमा

blog

फार वेस्टविरुद्ध विकेट लिएपछि जनकपुरका खेलाडी । तस्बिर :क्यान

काठमाडौं, पुस १४ गते । जनकपुर रोयल्स नेपाल टी–२० लिग क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । त्रिवि मैदानमा बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाईटेडलाई आठ विकेटले हरायो । फार वेस्टले दिएको एक सय ७० रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १८.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

जनकपुरका लागि सन्दीप जोराले सर्वाधिक ७७ रन बनाउनुभयो । उहाँले ५४ बलमा तीन चौका र पाँच छक्काको सहयोगमा अविजित रहँदै उक्त रन जोड्नुभएको हो । चाडविक वाल्टनले अविजित ६९ रन बनाउनुभयो । बलिङमा फार वेस्टका करण केसीले दुई विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । फार वेस्टका लागि करण केसीले ४६ रन बनाउनुभयो । भीम सार्कीले अविजित ३६, देव खनालले २२, कप्तान हसमतुल्लाह शाहिदीले १९, हरिशंकर शाहले १३, विनोद भण्डारीले १२ र हसिम अंसारीले ११ रन जोड्नुभयो । 

बलिङमा जनकपुरका ललित नारायण राजवंशीले दुई विकेट लिनुभयो । सोमपाल कामी र जितेन्द्र मुखियाले एक एक विकेट लिनुभयो । चौथो खेलमा तेस्रो जित निकालेको जनकपुरले ६ अङ्क बनाएको छ । चार खेलमा एक जित निकालेको फार वेस्ट दुई अङ्कसहित पाँचौँ स्थानमा छ । शीर्षस्थानमा रहेको लुम्बिनी अल स्टारको चार खेलबाट आठ अङ्क पुगेको छ । 