• १२ साउन २०८१, शनिबार

विराटनगरको सानदार जित

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै विराटनगर र पोखराका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस १४ गते । विराटनगर सुपर किंग्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले पोखरा रेन्जर्सलाई आठ विकेटले हरायो । लिगमा विराटनगरको यो दोस्रो जित हो । पोखराले लगातार पाँचौँ हार खेपेको छ । 

पोखराले दिएको एक सय ३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।  विराटनगरका लागि रोहित पौडेलले अविजित ७१ रन बनाउनुभयो । गौरान्सु शर्माले ३३ र हुसेन तलतले अविजित २८ रन बनाउनुभयो । बलिङमा पोखराका लागि अमिर हम्जा र जाहिर खानले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो । पोखराका अमिर हम्जाले अविजित ३७ रन बनाउनुभयो । सुमति महर्जनले २६, कप्तान उपुल थरंगाले २५, प्रतिशत जिशीले अविजित १३ र आसिफ शेखले ११ रन बनाउनुभयो । 

बलिङमा विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले तीन तथा साहब आलम, राज नानन र नन्दन यादवले एक एक विकेट लिनुभयो । २७ गतेसम्म सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछ । लिगमा ६ वटा फ्रेन्चाईज टोलीले भाग लिएका छन् ।