बिमा बजारको नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता
सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको १० औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको आफ्नो विभिन्न निर्जीवन बिमा व्यवसायबाट प्राप्त खुद बिमा शुल्क, पुनर्बिमा कमिसन र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल कम्पनीका आर्थिक स्रोतका आधारहरू भएको बताउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आर्थिक वर्ष २०७९/८० मा कुल २३७.२३ करोड बिमा शुल्क आर्जन भएको जानकारी दिनुभयो ।
उद्योग वाणिज्य महासङ्घ कार्यकारिणीको सय दिन
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको एक सय दिन पूरा भएको छ । महासङ्घको २०७९ चैत २८ र २९ गते सम्पन्न ५७ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यकारिणी समिति चयन भएको थियो । महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र जटिल अवस्थामा पुगेका बेला कार्यभार सम्हालेको बताउँदै वार्षिक रूपमा तुलना गर्दा अर्थतन्त्र मन्दीमा गइसकेको र मूलतः कोभिडपछिको तीव्र सुधारको व्यवस्थापन गर्न नसक्दा समस्यामा फसेको बताउनुभयो ।
सिप हासिल गरेर विदेश जाने युवा बढ्दो
वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो ।
दोब्बरले बढ्यो अलैँची निर्यात
पछिल्लो पाँच वर्षमा मुलुकबाट २५ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म २५ अर्ब २८ करोड ८४ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको हो । तुलनात्मक लाभ भएको वस्तुका रूपमा रहेको अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा उलेख्य वृद्धि भएको हो ।
चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी
पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ । उपभोक्ता अधिकारकर्मीले व्यापारीले मौज्दात रहेको चामलकै मूल्य बढाउँदासमेत राज्यका जिम्मेवार निकाय मौन बसेको आरोप लगाउँदै आएका छन् ।
माथिल्लो अरुण जलविद्युत् आयोजनाको पूर्वतयारी धमाधम
जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको रूपान्तरणकारी जलविद्युत् आयोजना माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणको पूर्वतयारीका कामलाई नेपाल विद्युत् प्राधिकरणले तीव्रताका साथ अगाडि बढाइरहेको छ । स्वदेशी स्वामित्व र विदेशी ऋण परिचालन गरी प्राधिकरणको गौरवको आयोजनाका रूपमा माथिल्लो अरुणलाई निर्माण उन्मुख बनाउन लागिपरेको छ । २०८२ असारमा निर्माण थाल्ने र त्यसको छ वर्ष (२०८८ असार) मा आयोजनाबाट विद्युत् नै उत्पादन गर्ने गरी काम भइरहेको अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले जनाएको छ ।
पेट्रोलियम पदार्थको कृत्रिम अभाव रोक्न सूचनाको गोप्यता जरुरी
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई साताअघिदेखि स्वचालित मूल्य प्रणाली लागु गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ । निगमले भारतबाट मूल्य बढेर आएको सूचना गोप्य राख्न नसक्दा पेट्रोल पम्पले इन्धनमा कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्ने सम्भावना हुँदा यसतर्फ सजग बन्नुपर्ने देखिन्छ । मूल्य बढ्ने सङ्केत पाएपछि विगतमा व्यवसायीले पनि तेल सकिएको भनेर बिक्री बन्द गर्ने गरेको देखिन्थ्यो तर मङ्गलबार पनि उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्पले नियमित रूपमा तेल बिक्री गरिहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले जानकारी दिनुभयो ।
उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण
मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ ।
बाँकेमा छोटी भन्सार नहुँदा राजस्व सङ्कलन घट्यो
बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगञ्ज भन्सार कार्यालयले गत केही वर्ष यता राजस्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन ।
फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने
नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ ।
साउन १५ मा दुधको खपत बढ्यो
बजारमा सोमबार दुधको खपत एकै दिनमा तेब्बरले बढेको छ । साउन १५ खिर खाने पर्व परेकाले अधिकांशले खरिद खाने हुँदा बजारमा दुधको माग उच्च भई खपत तेब्बरले बढेको हो । उपत्यकामा किसानबाट दुध सङ्कलन गरी दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरीले दुध वितरण गर्दै आएका छन् । डिडिसी र निजी डेरीले अन्य दिनको तुलनामा दुध तेब्बरले बढी बिक्री भएको बताएका छन् ।
दक्षिण कोरियाली पानीजहाज कम्पनीमा श्रमिकलाई अवसर
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाको आवेदन खुलेको छ । सो शाखाका अनुसार इच्छुक नेपाली श्रमिकले यही साउन २० देखि २४ सम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सकिने छ ।
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १३ प्रतिशत कम
साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।
स्टार्टअप उद्यम नीतिका लागि सुझाव माग
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदामा सरोकारवाला निकायसँग सुझाव माग गरेको छ । राष्ट्रिय स्टार्टअप उद्यम नीति २०७९ र लघु, घरेलु तथा साना उद्योग प्रवर्धन नीति २०८० को मस्यौदा तयार गर्न सरोकारवाला निकायसँग सुझाव पेस गरेको हो । मन्त्रालयले दुई वटा नीतिको मस्यौदामा ठोस रायसुझाव भए १५ दिनभित्र सुझाव पेस गर्न सरोकारवाला निकायसँग अनुरोध गरेको हो । गत आर्थिक वर्षमा स्टार्टअप उद्यम कर्जाका लागि बजेट विनियोजन गरे पनि स्पष्ट नीति नहुँदा कार्यान्वयनमा आउन सकेन ।
साढे एघार अर्बको गलैँचा निर्यात
गत आर्थिक वर्षमा नेपालबाट साढे ११ अर्ब रुपियाँ बराबरको गलैँचाका सामान निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपियाँ बराबरको ४९ लाख दुई हजार ३३५ स्क्वायर मिटर गलैँचा निर्यात भएको हो । अघिल्लो आव २०७८/७९ मा नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपियाँको गलैँचा निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा दुई अर्ब रुपियाँ बराबरको गलैँचा निर्यात बढेको तथ्याङ्कले देखाएको छ । आव २०७७/७८ मा कोभिडका कारण गलैँचा निर्यातमा कमी आई तीन अर्ब ९४ करोड १२ लाख ७९ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार २९० स्क्वायर मिटर निर्यात भएको तथ्याङ्क छ । अन्य वर्षमा भने निर्यातमा वृद्धि हुँदै आएको छ । कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन गरिएको गलैँचा विभिन्न देशमा निर्यात हुने गरेको छ ।
बाह्रबिसे सबस्टेसन तत्काल बन्नै पर्छ : घिसिङ
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तीन महिनाभित्र सम्पन्न नभए मध्य भोटेकोसी जलविद्युत् आयोजनाको १०२ मेगावाट विद्युत् खेर जाने अवस्था आएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणको अन्तिम चरणमा पुगेको सो जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन बाह्रबिसे सबस्टेसन बन्नैपर्ने भएको हो । मध्य भोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्य भोेटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणको काम भइरहेको छ ।
एक वर्षमै थपियो तीन खर्ब अन्ठाउन्न अर्ब ऋण
खर्च अनुसार राजस्वको अनुपात बढ्न नसकेपछि पछिल्लो समय बजेट प्रणालीमा सार्वजनिक ऋणको हिस्सा बढ्न थालेको छ । प्रत्येक वर्ष सरकारको खर्च बढ्दै जाने र त्यहीँ अनुपातमा राजस्वको वृद्धि हुन नसक्दा स्रोत व्यवस्थापनका लागि आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने सरकारको बाध्यता छ । यस्तो बाध्यता झन् बढ्न थालेको सरकारी तथ्याङ्कले पुष्टि गर्छन् ।
वार्षिक सात करोड बढीको चामल आयात
गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस जिल्लामा एक जनाले सरदर वार्षिक १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक पर्छ ।
हवाई सुरक्षाका लागि टास्कफोर्स
पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दाे बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता लगाउन उक्त समिति गठन गरिएको हो ।
खाना पकाउने ग्यासको आयातमा उल्लेख्य कमी
गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।
ऊर्जा विकास दशकको रोडम्याप तयार गर्दै ऊर्जा मन्त्रालय
उर्जा मन्त्रालयले ऊर्जा विकास दसकको रोडम्याप तयार गर्न लागेको छ । आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको हो ।
हिमाली हीरा यार्सा बेचेर करोडौँ आम्दानी
गरिबको हीरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् ।
‘व्यावसायिक एकता आवश्यक’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी तथा महासङ्घका समग्र सदस्यबिच बलियो एकता आवश्यक रहेको औँल्याउनुभएको छ । महासङ्घको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले व्यवसायीको एकल प्रयासले मात्र उपलब्धि हासिल हुन नसक्ने बताउँदै एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा व्यावसायिक हितका लागि सहकार्य र एकता आवश्यक हुने औँल्याउनुभएको हो ।
क्यास्परस्कीका तीन संस्करण सार्वजनिक
चर्चित एन्टिभाइरस क्यास्परस्कीले आफ्ना पछिल्ला तीन नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । क्यास्परस्कीको नेपालस्थित आधिकारिक बिक्रेता सागर गु्रपले राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ संस्करणको घोषणा गरेको हो । बढ्दो साइबर चुनौतीलाई लक्षित गर्दै त्यसबाट प्रयोगकर्तालाई सुरक्षित बनाउन नेपाली बजारमा पनि क्यास्परस्कीका पछिल्ला संस्करण भित्र्याएको कम्पनीले जनाएको छ ।