बेलायतद्वारा स्थानीय पूर्वाधारलाई चौध अर्ब अनुदान
स्थानीय पूर्वाधार निर्माणका लागि बेलायतले नेपाललाई १४ अर्ब ४० करोड रुपियाँ अनुदान सहयोग गर्ने भएको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (एलआईएसपी)अन्तर्गत बेलायतले उक्त सहयोग गर्ने भएको हो । सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ ।
यसै वर्षभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजाेर
नेपालमा सञ्चालित २४ वटा राष्ट्रिय गौवका आयोजनामध्ये तीन आयोजना चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने समयसीमा छ । तर आयोजनाको भौतिक प्रगति नै कम भएका कारण तोकिएको समयमै सम्पन्न हुन्न कि भन्ने आशङ्का छ ।
थोर्गाको गुड र खुदो प्रख्यात बन्दै
गुल्मी थोर्गाका चोलानाथ ज्ञवालीको दैनिकी गुड बनाउँदैमा बित्ने गर्छ । ज्ञवालीको रुरु क्षेत्र गाउँपालिका–३ मा थोर्गेली चोलानाथ गुड उद्योग सञ्चालित छ । २०७४ सालमा गुड उद्योग सञ्चालन गर्नु भएका ज्ञवालीले ५० रोपनी क्षेत्रफलमा उखु खेती गर्नुभएको छ । ५४ वर्षीय ज्ञवाली बिहान झिसमिसे देखि बेलुका अबेर सम्म उखुको स्याहार देखि खुदो, गुड बनाउन व्यस्त हुनुहुन्छ ।
मलको मूल्य वृद्धि फिर्ता गर्न माग
रासायनिक मलमा बढाएको मूल्य तत्काल फिर्ता गर्न किसान सङ्घ, सङ्गठनले माग गरेका छन् । राजनीतिक दल निकट चारवटा किसान सङ्गठनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी किसानलाई प्रत्यक्ष मार पर्ने गरी मलमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेका हुन् ।
सात करोड क्षतिपूर्ति भुक्तानी
कुवेतमा रहेको नेपाली दूतावासले १०१ जना नेपाली श्रमिकलाई सात करोड २७ लाख रुपियाँ क्षतिपूर्तिबापतको रकम नेपाल पठाएको छ । दूतावासले स्थानीय कानुन व्यवसायीसँग सहयोग लिई अदालतमा मुद्दा लडेर मृतकका परिवारलाई क्षतिपूर्तिबापत सो बराबरको रकम नेपाल पठाएको हो ।
उपयोग भएन भन्सार छुट सुविधा
अमेरिकाले भन्सार छुट दिएका ७७ वटा स्वदेशी वस्तुको निर्यात न्यून रहेको छ । नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्ने लक्ष्यसहित ७७ वस्तुको निर्यातमा अमेरिकाले भन्सार छुट (शून्य) दिए पनि निर्यात भने बढ्न सकेको छैन । नेपालबाट अमेरिकामा हुने कुल निर्यातमा भन्सार छुट भएका वस्तुको निर्यात अत्यन्त न्यून रहेको छ ।
गहिरिँदै वित्तीय घाटा
राजस्व सङ्कलन खुम्चिँदा मुलुकको वित्तीय घाटा फराकिलो बन्दै गएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन मसान्तसम्म सरकारको कुल आम्दानीको तुलनामा डेढ खर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । फागुनसम्म सरकारले सबै शीर्षकमा छ खर्ब २२ अर्ब ७८ करोड रुपियाँ आम्दानी गरेको छ । यस अवधिमा सरकारले पाँच खर्ब ८२ अर्ब ७७ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । राजस्वअन्तर्गत कर राजस्वबापत पाँच खर्ब २६ अर्ब ४७ करोड रुपियाँ सङ्कलन भएको छ भने ५६ अर्ब २९ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ ।
विद्युत् चुहावट साढे बाह्र प्रतिशतमा झर्यो
नेपाल विद्युत् प्राधिकरणले समग्र विद्युत् चुहावट १२ दशमलव ५९ प्रतिशतमा झारेको छ । गत असारसम्ममा यस्तो चुहावट १५ दशमलव ३८ प्रतिशत थियो । माघसम्म प्रसारणतर्फको ४ दशमलव ६० प्रतिशत र वितरणतर्फको विद्युत् चुहावट ७ दशमलव ९९ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको हो ।
बर्दिवास महोत्सव शुक्रबारदेखि
बर्दिवास महोत्सवको चौथो संस्करण शुक्रबार (चैत ३ गते)देखि सुरु हुने भएको छ । बर्दिवास उद्योग वाणिज्य संघले विभिन्न जातजाती, पेसाकर्र्मी, व्यापारी, व्यवसायी, रङ्गकर्मीलगायतको सहभागितामा महोत्सव गर्न लागेको जानकारी दिएको छ ।
विदेशी लगानीकर्ताले अहिलेसम्म चित्त दुखाउनु परेको छैन
दुई सय मेगावाटभन्दा ठूला जलविद्युत् आयोजना र छ अर्ब रुपियाँभन्दा माथिको वैदेशिक लगानीको स्वीकृति तथा सहजीकरणको जिम्मेवारी पाएको लगानी बोर्डको कार्यालय अर्को लगानी सम्मेलनको तयारीमा छ । लगानी स्वीकृति, परियोजना व्यवस्थापन, अवरोध समाधानजस्ता क्षेत्रमा कार्यालयले निर्वाह गरिरहेको भूमिका र सम्मेलनको तयारीमा केन्द्रित रहेर गोरखापत्रका गोपालचन्द्र सुवेदीले कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग गर्नुभएको कुराकानी :
‘लगानीकर्तालाई वैधानिक सहयोग गर्न तयार’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीलाई सबै वैधानिक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले राजधानीमा बुधबार आयोजना गरेको ‘नेपाल–चीन बिजनेस फोरम’मा नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको र आवश्यक परे थप सहज बनाउन पनि तयार रहेको उहाँको भनाइ थियो ।
अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस : क्षतिपूर्ति पाउनै कठिन
नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था मौलिक हकअन्तर्गत व्यवस्था छ । संविधानकै धारा ५१(घ) (७)मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।
पाँच राष्ट्रिय गौरवका आयोजना : तोकिएको अवधिमा काम नसकिने
नेपालमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामध्ये पाँच वटा आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ । तर तोकिएको समयसीमा भित्र आयोजनाहरु सम्पन्न हुने सम्भावना भने छैन ।
मुसिकोटमा रिक्सा चल्यो
रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएका हुन् ।
व्यापार तथा लगानी वृद्धि गर्न आग्रह
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग वैदेशिक लगानीका लागि चीन सरकारको छाता संस्था ‘काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सीसीपीआईटी)का उपाध्यक्ष झाङ साओगाङले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार भएको भेटमा दुई मुलुकबीच व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
भदौमा लगानी सम्मेलन हुने
लगानी बोर्डको कार्यालयले आगामी भदौमा लगानी सम्मेलन गर्ने भएको छ । बोर्ड कार्यालयले सम्मेलनसम्बन्धी अवधारणापत्र प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयबाट स्वीकृत गराएर आवश्यक तयारीका कामहरू गरिरहेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार आगामी भदौमा सम्मेलन गर्ने गरी प्रारम्भिक तयारी बोर्डले थालेको छ । उहाँले भन्नुभयो, “लगानी बोर्डका हालसम्मका उपलब्धि, नेपालमा लगानीका नयाँ सम्भावित परियोजना, लगानी प्रवद्र्धनमा बोर्ड कार्यालयको प्रवद्र्धनात्मक भूमिका, योजनालगायतका विषयमा सर्वपक्षीय छलफल तथा संवाद गर्ने गरी सम्मेलन गर्ने तयारी सुरु भएको छ ।”
विषादी परीक्षण गर्न माग
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्र भिœयाउन बाँकेका उपभोक्ता अधिकारकर्मीले माग गरेका छन् । यसबारे बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन केही दिनअघि यहाँका उपभोक्ता अधिकारकर्मी र मानव अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गरेका थिए । नेपालगञ्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले भारतबाट आउने तरकारीको गुणस्तर परीक्षण निरन्तर भइरहेको दाबी गरेको छ । भन्सार कार्यालयले पठाउने गरेको नमुना परीक्षण निरन्तर भइरहेको र परीक्षणबिना तरकारी नभित्रिएको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्रमुख सन्तोष दाहालले गर्नुभयो ।
तोकिएका अस्पतालको खर्च भुक्तानी हुने
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै खर्च बेहोर्ने व्यवस्था लागू गरेको छ । कोषले फागुन १ गतेदेखि कोषसँग सम्झौता गरेका अस्पतालमा मात्रै योगदानकर्ताले औषधि उपचारबापतको रकम दाबी गर्न पाउने व्यवस्था लागू गरेको हो । यसअघि भने योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च कोषले उपलब्ध गराउँदै आएको थियो ।
प्रतितोला छ सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. छ सयले बढेको छ ।
अवरोध हटाउन लचकता अपनाउने प्रतिबद्धता
हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा रहेको अवरोध हटाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम लचकता अपनाउने बताएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन यो आयोजनामा करिब छ वर्षदेखि रहँदै आएको अवरोध हटाउन प्राधिकरणको उच्च नेतृत्वले प्रभावित क्षेत्रका जनप्रधिनिधि तथा सरोकारवालासँग छलफल गरी उचित अधिकतम क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको हो ।
अर्थतन्त्रमा सुधारको खाँचो
अर्थतन्त्र सुधार गर्न नयाँ सरकारलाई अवसरसँगै चुनौती रहेको विज्ञहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा उहाँहरूले मुलुकमा देखा परेको आर्थिक सङ्कट सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो । सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक अवस्था सही ठाउँमा ल्याउन तत्कालीन र दीर्घकालीन उपाय पहिल्याएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्रीले प्राथमिकताका साथ सोच्नुपर्ने चर्चा गर्दै उहाँले २४–२५ वर्षपछि सार्वजनिक वित्तको अवस्था कमजोर हुँदा यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
ऊर्जा क्षेत्र सहकार्य विस्तारमा जोड
नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने गरी स्थापित दुईदेशीय सचिवस्तरीय संयन्त्र संयुक्त निर्देशन समितिको पाँचौँ बैठक चैतको दोस्रो साता हुने भएको छ । सन् २०१८ मा सम्पन्न नेपाल–बङ्गलादेश ऊर्जा सहकार्यसम्बन्धी समझदारीको व्यवस्थाअनुसार नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समिति स्थापित भएको थियो । बङ्गलादेशले आयोजना गर्न लागेको सो बैठकमा नेपाल–बङ्गलादेश विद्युत् व्यापार प्रवद्र्धनदेखि नेपालका जलविद्युत् आयोजना विकासमा बङ्गलादेशको लगानी भित्र्याउनेलगायतका एजेन्डामा छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । “बङ्गलादेशले नेपालको विद्युत् खरिद गर्ने, नेपालको जलविद्युत् आयोजनामा लगानी गर्ने चासो देखाउँदै आएको छ । यीलगायत अनुभव आदानप्रदानका अन्य विषयवस्तुमा पनि छलफल हुन्छ,” उहाँले भन्नुभयो ।
आर्थिकमन्दीको प्रभावः घटे घरबासमा पाहुना
चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे ।
कतार जाने पचास प्रतिशतले कमी
रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुई हजार ६६५ जना, पुसमा दुई हजार ५०६ जना र माघ महिना दुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ ।