सिँचाइका लागि सहकार्य
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा तथा सिँचाइ मन्त्रालयले कृषिमा देखिएको सिँचाइको समस्या समाधान गर्न दुवै मन्त्रालय मिलेर कार्य गर्ने निर्णय गरेका छन्
सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय
साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक सयले बढेको छ ।
नार्कमा रहेको बाँझो जमिनबारे अध्ययन गर्न कार्यदल गठन
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेका विभिन्न कार्यालयमा रहेको बाँझो जमिनबारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको निर्देशनमा नार्कले वैज्ञानिक
वायु सेवा सञ्चालन गर्न तीन वटा जहाज अनिवार्य
वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो । हाल वायु सेवा सञ्चालन गरिरहेका कम्पनीका आगामी पाँच वर्षमा पाँच वटा जहाज पु-याउनुपर्ने नियम पनि जारी भएको छ । यस्तै पाइलटले उडानबाहेक व्यावसायिक गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।
केयर गिभर तालिमका लागि निवेदन माग
वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा काम गर्न जाने श्रमिकका लागि तालिम दिन चाहने संस्थासँग निवेदन माग गरेको छ । विभागले केयर गिभर तालिमसम्बन्धी कार्यविधि २०७२ अनुसार यस्तो तालिम सञ्चालन गर्न इच्छुक संस्थाका लागि विभागले अनुमति लिन १५ दिनको समय दिएर निवेदन माग गरेको हो । जसमा केयर गिभरको तालिमका लागि आवेदन दिने संस्थाले अन्य तालिम प्रदान गरिरहेको भए नयाँ प्रयोजनका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था गरी विवरण खुलाउनुपर्ने सर्त राखिएको छ ।
भदौ २० देखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै
शुक्रबार महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो ।
विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ ।
प्रतितोला तीन सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ ।
सुनको मूल्य बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ ।
दुई म्यानपावर कम्पनी निलम्बित
वैदेशिक रोजगार विभागले गैरकानुनी गतिविधि गरेका दुई वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर) लाई निलम्बन गरेको छ । विभागसँग स्वीकृति नलिई व्यक्तिगत रूपमा दक्ष र सिपयुक्त श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि ओक्सन इन्टरनेसनल प्रालि अर्थात् अभतार ह्युमन रिसोर्स प्रालि र ओमेगा इन्टरनेसनल प्रालि निलम्बनमा परेका हुन् ।
आठ सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो ।
एचआइडिसिएलको पुनर्संरचनाबारे छलफल
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को पुनर्संरचना टुङ्गो लगाउन गृहकार्य थालेको छ । सोमबार मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसहित कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमलगायतको सहभागितामा यस विषयमा छलफल भएको थियो ।
छ अर्ब लागतमा चाँदनी दोधारामा आइसिपी निर्माण
झन्डै छ अर्ब रुपियाँ लागतमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुने भएको छ । भारत सरकारको सहयोगमा सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आइसिपी निर्माण हुन लागेको हो । कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुन लागेको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न भारतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को मस्यौदा नेपाललाई पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
सुनको मूल्य प्रतितोला छ सयले बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो ।
नार्कको पाँच सय हेक्टर जमिन बाँझो
देशको कृषि तथा पशुपन्छीलगायत क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको जमिनमध्ये पाँच सय हेक्टर जमिन बाँझो भेटिएको छ । नार्कसँग अनुसन्धान गर्न देशैभर करिब १२ सय हेक्टर जमिन रहेको छ, त्यसमध्ये पाँच सय हेक्टर जमिन बाँझो भएको नार्कले जनाएको छ ।
भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने
भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेभएको छ ।
फुर्केटारीको पानी सामुदायिक वनको आम्दानी
सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभई अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह ।
सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय कायम भएको छ ।
नेपाल इन्टरमोडललाई प्राधिकरण लैजान सुझाव
नेपाल इन्टरमोडल यातायात विकास समितिलाई मर्ज नगरी प्राधिकरण मोडलमा लैजान व्यापारविज्ञहरूले सुझाव दिएका छन् । सरकारले समिति र पारवहन तथा गोदाम कम्पनीलाई मर्ज गर्न तयारी गरिरहेका बेला व्यापारविज्ञले मर्ज नगरी छुट्टै प्राधिकरण गठन गर्नुपर्ने बताएका हुन् । पूर्वसचिव एवं व्यापारविज्ञ पुरुषोत्तम ओझाले नेपालमा सुक्खा बन्दरगाह निर्माण गरी निजी क्षेत्रलाई नियमन गर्दै आएको समितिलाई प्राधिकरण मोडलमा लैजानु आवश्यक रहेको बताउनुभयो । दुई वटा निकायको जिम्मेवारी सञ्चालक र नियमन गर्ने भएकाले पनि मर्ज गर्न उपयुक्त नभएको उहाँको भनाइ छ ।
साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति
आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो । जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए ।
सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय
काठमाडौँ, भदौ १० गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ । रासस
ऊर्जा विकासको बाह्रवर्षे रणनीतिक योजना बन्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् क्षेत्रको दिगो विकासका लागि सन् २०३५ को लक्ष्य राखेर दीर्घकालीन योजना तय गर्न लागिएको बताउनुभएको छ । ऊर्जा क्षेत्रलाई सो बेलासम्म कहाँ पुर्याउने र कसरी पुर्याउने भन्ने स्पष्ट रणनीति त्यसमा तय गरिने उहाँले जानकारी दिनुभयो । बिहीबार मन्त्रालयमा भएको पत्रकारसँगको संवादमा मन्त्री बस्नेतले विद्युत् क्षेत्रको प्रगतिका लागि प्रतीक्षित विद्युत् विधेयक दुई साताभित्र संसद्मा पेस हुने जानकारीसमेत गराउनुभयो ।
कालो सूचीमा पर्ने दोब्बर बढे
सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रक्रिया र आचरण पालना नगर्दा कालो सूचीमा पर्नेको सङ्ख्या निरन्तर बढ्न थालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १६२ वटा विभिन्न बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनी कालो सूचीमा परेका छन् । यो सङ्ख्या त्यसअघिको वर्षको तुलनामा करिब दोब्बर हो । कार्यालयका अनुसार त्यसअघि आव २०७८/७९ मा ८४ वटा त्यस्ता विभिन्न संस्था कालो सूचीमा परेका थिए ।
पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घमा तालाबन्दी
महासचिव पदमा भएको निर्वाचनको पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घको कार्यालयमा उद्योगी व्यवसायीहरूको एक समूहले तालाबन्दी गरेका छन् ।