सुनको कारोबार साठी प्रतिशतले घट्यो
बजारमा सुनचाँदीको कारोबार ६० प्रतिशतले घटेर ४० प्रतिशतमा सीमित भएको छ । बजारमा सुनचाँदीको माग न्यून हुँदा कारोबारमा उल्लेख्य गिरावट आएको हो । अन्य समयमा न्यून कारोबार भए पनि सिजनका बेला बढ्ने गथ्र्यो तर यसपालि कारोबार घटेको छ । लगातार सुनको मूल्यमा भएको वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदीको कारोबार न्यून हुँदा पछिल्लो समय ४० प्रतिशतमा सीमित भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सरकारले दियो उन्नाइस अर्ब कर छुट
सरकारले गत आर्थिक वर्षमा विभिन्न किसिमका करदातालाई करिब १९ अर्ब रुपियाँ कर छुट तथा सुविधा उपलब्ध गराएको छ । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले आव २०७९/८० मा आयकर तथा मूल्य अभिवृद्धि कर गरी १८ अर्ब ८० करोड रुपियाँ छुट सुविधा दिएको हो ।
विदेशी लगानी प्रतिबद्धतामा कमी
चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार भदौ महिनामा चालु आवको दुई महिनामा १४ अर्ब रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । भदौ महिनामा उद्योग दर्तासँगै प्रतिबद्धता रकममा कमी आएको हो ।
चिनी मनोमानी मूल्यमा बिक्री हुँदै आयात अझै अनिश्चित
नेपालीको ठुला चाडपर्व दसैँ, तिहार नजिकिँदै गर्दा चिनीको भाउ महँगो हुनु नौलो होइन तर यो पटक त चिनी प्रतिकेजी १५० रुपियाँसम्म पुगेको छ । त्यो पनि सहज रूपमा सबै पसलमा पाइँदैन । एक महिनाअगाडि मात्रै प्रतिकेजी १०० रुपियाँमा कारोबार भएको चिनी अहिले बढेर १५० रुपियाँसम्म पुगेको हो ।
भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने
नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ ।
भैरहवामा पुनः उडान थाल्दै जजिरा
व्यावसायिक कारण देखाउँदै गत जेठबाट उडान रोकेको कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान गर्ने भएको छ । गत वर्ष जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएकै दिनदेखि गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको जजिराले कात्तिक १५ गतेदेखि उडान गर्ने तयारी गरेको छ । प्रतिकूल मौसमसहित आन्तरिक कारण देखाउँदै गत पुस ६ देखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ देखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ देखि उडान रोकेको छ ।
पाँच अर्ब ४३ करोडको विद्युत भारत निर्यात
चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
‘हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाली हस्तकला वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मौलिक कला, संस्कृति र सम्पदाको झल्को विदेशसम्म उपहारका रूपमा पु¥याउन सके नेपाली सिप र कलाको उत्कृष्टताको पहिचान उजागर गरी विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताउनुभएको हो ।
भ्रमपूर्ण सूचनामा विश्वास नगर्न आग्रह
वैदेशिक रोजगार विभागले जर्मनीमा नेपाली सहायक श्रमिकको माग भएको भन्ने भ्रमपूर्ण सूचना केही दिनदेखि सामाजिक सञ्जालमा लगातार प्रकाशित भएकाले त्यस्ता भ्रमपूर्ण सूचनाको विश्वास नगर्न आग्रह गरेको छ । विभागले सामाजिक सञ्जालमा आएका त्यस्ता सूचनाहरू भ्रमपूर्ण र झुटा भएकाले त्यस्ता सूचनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको हो ।
अर्थतन्त्रमा सुधारको प्रक्षेपण
आर्थिक गतिविधि सङ्कुचित हुँदा विस्तार हुन नसकेको अर्थतन्त्रमा सुधारका सङ्केत देखा परेको प्रक्षेपण गरिएको छ । एसियाली विकास बैङ्क (एडिबी) ले बुधबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ ले नेपालको अर्थतन्त्रमा सुधार हुने प्रक्षेपण गरेको हो । जस अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले ४.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ । यो अनुमान गत आर्थिक वर्षको १.९ प्रतिशतको वृद्धिदरभन्दा माथि हो ।
बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन
म्याग्दी जेसीजको आतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
काठमाडौँ महानगरद्वारा एक अर्ब सत्र करोड राजस्व सङ्कलन
काठमाडौँ महानगरले चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ) मा सवा एक अर्ब राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न शीर्षकमा गरेर एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । अघिल्लो वर्ष सो अवधिमा ९३ करोड ४१ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
डलरको मूल्य अहिलेसम्मकै उच्च
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्गलबार अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपियाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो । यस्तै अमेरिकी डलरको खरिद मूल्य पनि १३२ रुपियाँ ९४ पैसा रहेको छ ।
वैदेशिक रोजगार : श्रम स्वीकृति लिनेको सङ्ख्या घट्दो
आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो दुई महिनामा २५ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको पहिलो दुई महिना (साउन–भदौ) मा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या एक लाख ४० हजार रहेकामा चालु आवको सो अवधिमा यो सङ्ख्या एक लाख पाँच हजारमा झरेको छ । जुन सङ्ख्या प्रतिशतका आधारमा हेर्दा गत वर्षको तुलनामा यो वर्ष करिब २५ प्रतिशत कम हुन आउँछ ।
ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी
भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ ।
चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउँछ : उद्योग सचिव मरासिनी
सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले दुई/चार दिनभित्रै चाड पर्वलाई लक्षित गरेर सो पसल सञ्चालनमा ल्याउन लागिएको बताउनुभएको हो ।
हिल्सा नाकामा व्यापार सहज नभएको गुनासो
नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसायका लागि बस्दै आएका नेपाली व्यापारीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन् ।
विद्युतीय गाडीमा बढ्दो आकर्षण
भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो सो’ मा विद्युतीय गाडीप्रति आकर्षण बढेको छ । प्रदर्शनीमा राखिएका गाडीहरूमध्ये पेट्रोल र डिजेलबाट चल्नेभन्दा विद्युतीय गाडीको सङ्ख्या धेरै छ ।
२५ मेगावाटको सेती जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै
माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
श्रम गन्तव्य युरोपतर्फ मोड्ने तयारी
सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ ‘मोड्ने’ तयारी गरेको छ ।
‘कृषि क्षेत्रमा प्रत्यक्ष योगदान गर्न आवश्यक’
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ६० औँ वर्ष पूरा गरी ६१ वर्षमा प्रवेश गरेको छ ।
‘माथिल्लो त्रिशूली–१’ जलविद्युत्को शिलान्यास
कोरियाली लगानीकर्ताको लगानीमा बन्ने ‘माथिल्लो त्रिशूली–१’ जलविद्युत् आयोजनाको औपचारिक शिलान्यास गरिएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माणसहित २२ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनाको बाँधलगायत मुख्य संरचना हेडवक्र्सको कामको मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राजधानी काठमाडौँमा आयोजित विशेष कार्यक्रममा औपचारिक शिलान्यास गर्नुभएको हो ।
विद्युतीय मोटरसाइकलको माग बढ्यो
सरकारले विद्युतीय मोटरसाइकलको दर्ता खुला गरेपछि झन्डै शतप्रतिशतले माग बढेको छ । गएको जेठसम्म काठमाडौँमा १४० वटा विद्युतीय मोटरसाइकल बिक्री भएका थिए भने भदौ २० गतेसम्म ३५० वटा बिक्री भएका छन् । सुन्दर अटो इन्जिनियरिङले मात्रै १५० वटा ‘गन्तव्य इभी १०० एस’ मोटरसाइकल बिक्री गरेको छ । गन्तव्यलाई ८४२ जनाले अर्डर गरेको इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाले जानकारी दिनुभयो ।
‘विद्युतीय सवारीमा कर नबढाउने नीति’
अबको समय विद्युतीय सवारीको भएकाले तत्काल यसमा कर बढाउने नीति नरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । राजधानीको भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो सो २०२३’ उद्घाटन गर्दै उहाँले सरकारको नीति विद्युतीय सवारीको प्रवर्धन नै भएकाले आगामी दिनमा अत्यन्त कम मात्र कर बढाइने बताउनुभएको हो ।