• १३ जेठ २०८१, आइतबार

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय

blog

काठमाडौँ,  भदौ १० गते ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ । रासस