• ७ वैशाख २०८१, शुक्रबार

क्यास्परस्कीका तीन संस्करण सार्वजनिक

blog

काठमाडौँ, साउन १२ गते । चर्चित एन्टिभाइरस क्यास्परस्कीले आफ्ना पछिल्ला तीन नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । क्यास्परस्कीको नेपालस्थित आधिकारिक बिक्रेता सागर गु्रपले राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ संस्करणको घोषणा गरेको हो । बढ्दो साइबर चुनौतीलाई लक्षित गर्दै त्यसबाट प्रयोगकर्तालाई सुरक्षित बनाउन नेपाली बजारमा पनि क्यास्परस्कीका पछिल्ला संस्करण भित्र्याएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार क्यास्परस्की स्टान्डर्ड, क्यास्परस्की प्लस र क्यास्परस्की प्रिमियम नेपाली बजारमा उपलब्ध गराइएको हो । यी पछिल्ला संस्करणको प्रयोगले डिजिटल सुरक्षा प्रदान गर्नुका साथै प्रयोगकर्ताको डिजिटल सम्पत्तिलाई थप सुरक्षित गर्ने कम्पनीको दाबी छ । इन्टरनेट र स्मार्ट फोनका प्रयोगकर्ता बढेसँगै साइबर चुनौती पनि बढिरहेको, प्रयोगकर्तालाई जालझेल गरेर त्यसका आधारमा अपराधसमेत बढ्दै गएको सन्दर्भमा क्यास्परस्कीको प्रयोगले त्यसलाई नियन्त्रण गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।