रिचेतले आईपीओ जारी गर्ने
रिचेत जलविद्युत् कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।
ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने
ओखलढुङ्गाको ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने भएको छ । भौगोलिक विकटताका कारण केन्द्रीय बिधुत विस्तार गर्न खर्चिलो हुने भएकाले सुनकोशी गाउँपालिका –९ ककनीमा सौर्य मिनिग्रिड निर्माण गरी विधुतीकरण गरिनेभएको हो ।
एघार महिनामा ४.५ प्रतिशत मात्र काम
काठमाडौं र पोखरालाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मुग्लिन–पोखरा सडक विस्तारको कामले गति लिन सकेको छैन । काम सुरु भएको झण्डै एक वर्ष पुग्न लागे पनि ४.५ प्रतिशत मात्र काम सम्पन्न भएको देखिएको छ । ८२ किलोमिटर लामो यस सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ ।
श्रम सहचारीको आवेदन खुला
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेको छ । मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण कोरियाको सियोलमा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवलाई काउन्सिलर श्रम र मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबी, साउदी अरेबियाको जेद्दा र ओमनको स्कटमा राजपत्राङ्कित द्वितीय श्रेणीका शाखा अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने गरेको छ ।
धनकुटामा अखाद्यवस्तु रहेकाे भन्दै बजार अनुगमन
कविराज घिमिर धनकुटा, साउन २५ गते । बजारमा म्याद गुज्रेका खाद्य सामाग्री रहेको, मूल्यवृद्धि गरेको गुनासोको आधारमा धनकुटामा बजार अनुगमन गरिएको छ । बुधबार केही होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय, धनकुटाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य सङ्घ, धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिएको छ भने मूल्य सूचि अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रशासकीय अधिकृत अंकित मग्रान्तीले बताउनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्यवस्तु विक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरेकामाथि कडाइ सुरु गरेको जनाएको छ ।
उठ्दैछ कोइलाबास नाका, चल्दैछ भन्सार
यत्रतत्र घर ढलेका छन्, नढेलेका घर पनि जीर्ण अवस्थामा रहेका छन् । झाडीले घर ढाकेको छ, सडकको पिच उप्केको छ । यो चित्रण हो, भारतसँग सीमाना रहेको दाङ देउखुरी उपत्यकाको कोइलाबासको ।
सीईओमा युगेश
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको छ । सञ्चालक समितिको १२०औँ बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्तलाई सोमबारदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो । नवनियुक्त सीईओ श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
निक्षेप बाइस प्रतिशतले वृद्धि
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडको निक्षेप २२.२० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको अधिकांश सूचकमा सुधार देखिएको बैङ्कको दाबी छ । सो अवधिमा कर्जा १८.२६ प्रतिशत बढेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।
पेट्रोलियम पदार्थमा तत्काल मूल्य घट्दैन : आयल निगम
नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ । निगमले यस अघि बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो ।