कोरोना महामारीमा हिमालयको १७७ उडान
निजी क्षेत्रको हिमालय एयरलाइन्सले कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको समयमा १७७ उडानमार्फत साढे ३३ हजार नेपालीलाई स्वदेश ल्याएको जनाएको छ । कम्पनीले बुधबार सन् २०२०–२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वको रूपरेखासहितको प्रतिवेदन सार्वजनिक गर्दै महामारीको समयमा दुई लाख डोज कोरोनाविरुद्वको खोप ल्याउन दुई करोड २५ लाख रुपियाँ बराबरको निःशुल्क चारवटा कार्गाे उडान गरेको जनाएको छ ।
प्रतितोला तीन सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार छ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला तीन सयले घटेको हो ।
साठी अर्बमा टर्मिनल भवन
गत आर्थिक वर्षमा लक्ष्यको आधा पनि खर्च गर्न नसकेको नेपाल नागारिक उड्डयन प्राधिकरणले चालू अािर्थक वर्षमा ६० अर्ब लागतमा नयाँ टर्मिनल भवन बनाउने भएको छ । प्राधिकरणले दुई अन्तर्राष्ट्रिय विमानस्थलसहित छवटा आन्तरिकतर्फका विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बनाउन लागेको हो । चालू आर्थिक वर्षमा त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आधुनिक टर्मिनल भवनसहित आन्तरिकतर्फ विराटनगर, भरतपुर, नेपालगञ्ज, महेन्द्रनगर, जुम्ला र रामेछाप विमानस्थलको टर्मिनल भवनलाई स्तरोन्नति गर्ने प्राधिकरणको तयारी छ ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो ।
एप चलाउन निःशुल्क इन्टरनेट
सानिमा बैङ्कले आफना ग्राहकलाई ‘नो डाटा, नो प्रब्लम’ योजनाअन्तर्गत मोबाइल बैङ्किङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैङ्कका ग्राहकले सानिमा मोबाइल बैङ्किङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् । मोबाइल बैङ्किङ एप प्रयोगकर्ताले एपमा रहेका सबै सेवा जस्तै, फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउने बैङ्कले जनाएको छ । योजना सोमबारदेखि लागू हुने बैङ्कले जनाएको छ ।
भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरु बढ्दै
दोलखाको उत्तरी क्षेत्रको बिगु गाउँपालिका–४ लादुकमा रहेको प्राकृतिक भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरु बढ्न थालेका छन् ।
रकमान्तरको सुविधा
सानिमा बैङ्कका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । नमस्ते पे वालेटबाट बैङ्कको मोबाइल बैङ्किङ लगइन गरी सजिलै रकम रकमान्तर गर्न सक्ने सानिमा बैङ्कले जनाएको छ । बैङ्कको मोबाइल बैङ्किङ एपबाट नमस्ते पे, ई–सेवा, खल्ती, वालेट गरी तीनवटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
क्यास डिपोजिट सेवा सुरु
एनआईसी एसिया बैङ्कले अब नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यो नयाँ सेवामार्फत अब ग्राहकले यो मेसिनको प्रयोग गरी सहज रूपमा आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने बैङ्कले जनाएको छ । यो मेसिनको प्रयोग गर्दा फारामबिना खाता नम्बरका आधारमा रकम जम्मा गर्न सक्ने व्यवस्था बैङ्कले गरेको हो । यो मेसिनबाट एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार पाँच सय रुपियाँ गरी दैनिक अधिकतम नौ लाख ९९ हजार पाँच सय रुपियाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने
तनहुँको मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । अबिरल वर्षाले तथा गर्मी बढेकोले हिमाल धेरै पग्लिएकोले नदीमा पानीको बहाब बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ ।