पेट्रोलियममा कर घटाउन निर्देशन
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको ५० प्रतिशत कर घटाउन निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन लिखित रूपमा निर्देशन दिएको हो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेर रु. ९७ हजार २०० आएको छ ।
आइपुग्यो थप तीन हजार मेट्रिक टन युरिया
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ । भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको साल्ट टे«डिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिनुभयो ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु. ९७ हजार ५०० पुगेको छ ।
सुरक्षा कोषमा समेट्न गृहकार्य
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा गएका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य सुरु भएको जनाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सामाजिक सुरक्षा कोषका अधिकारीबीच बुधबार राजधानीमा भएको छलफलमा कोषले सोबारेमा जानकारी दिइएको हो ।
प्रतितोला चार सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला चारले घटेर रु. ९७ हजार तीन सयमा आएको छ ।
व्यापार घाटा झन्डै १६ खर्ब
चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा बढेर करिब १६ खर्ब पुगेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा व्यापार घाटा २५ प्रतिशतले बढेर १५ अर्ब ७७ अर्ब ३८ करोड ६० लाख ७८ हजार रुपियाँ पुगेको हो । अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपियाँ रहेको थियो ।
काठमाडौं भ्यूटावर : ११ तला बन्यो, एक तला बाँकी
पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं भ्यूटावरको नौ तलाको निर्माण कार्य भइरहेको जानकारी काठमाडौं महानगरपालिकाअन्तर्गतको निजी साझेदारी एकाईले जनाएको छ ।
डलर महँगिदा थपियो विदेशी ऋण भार
अमेरिकी डलरको विनिमय दर निरन्तर बढिरहँदा नेपालले तिर्नुपर्ने बाह्य ऋणमा १९ अर्ब ३७ करोड रुपियाँको दायित्व थपिएको छ । नेपालले बाह्य ऋणबापतको साँवा ब्याज डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलरको भाउ बढ्दा त्यसको असर ऋण भुक्तानीमा देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (माघ–चैत)मा मात्रै नेपालले भुक्तानी गर्नुपर्ने ऋणको भार १९ अर्ब ३७ करोड रुपियाँले बढ्ने भएको हो ।