• ८ वैशाख २०८१, शनिबार

प्रतितोला चार सयले घट्यो सुनको मूल्य

blog

काठमाडौं, असार ८ गते । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला चारले घटेर रु. ९७ हजार तीन सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार सात सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला .रु ९७ हजार दुई सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।