निर्माणको अड्चन हट्यो
भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाउन सर्वाेच्च अदालतले बाटो खोलिदिएको छ । आइतबार सर्वोच्च अदालतले सो परियोजना निर्माण रोक्ने गरी यसअघि भएको अन्तरिम आदेश खारेज गरेकाले निर्माणको अवरोध हटेको हो ।सबै काम सकिएर नवलपरासीको दुम्कीबासमा दुईवटा पोल गाड्न नपाउँदा पूर्व–पश्चिम विद्युत् प्रवाहको लाइफलाइनकै रूपमा रहेको यो प्रसारण लाइन अलपत्र बनेको थियो ।
लगानी कोषले प्रतिफल दिने
नागरिक लगानी कोषले कोषका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई बचत रकममा १ दशमलव ५ प्रतिशत थप प्रतिफल प्रदान दिने भएको छ । कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बाह्र वर्षमा पनि मजदुरले रकम पाएनन्
पूर्वी नवलपरासीको गैँडाकोटमा सञ्चालन भएको त्यस बेलाको मुलुककै सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना अहिले बन्द छ । बन्द भएको १२ वर्ष भइसकेकाले अहिले कारखानाका संरचना खण्डहरमा परिणत भएका छन् ।
पेट्रोलियममा कर घटाउन निर्देशन
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको ५० प्रतिशत कर घटाउन निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन लिखित रूपमा निर्देशन दिएको हो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेर रु. ९७ हजार २०० आएको छ ।
आइपुग्यो थप तीन हजार मेट्रिक टन युरिया
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ । भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको साल्ट टे«डिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिनुभयो ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु. ९७ हजार ५०० पुगेको छ ।
सुरक्षा कोषमा समेट्न गृहकार्य
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा गएका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य सुरु भएको जनाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सामाजिक सुरक्षा कोषका अधिकारीबीच बुधबार राजधानीमा भएको छलफलमा कोषले सोबारेमा जानकारी दिइएको हो ।
प्रतितोला चार सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला चारले घटेर रु. ९७ हजार तीन सयमा आएको छ ।