• ७ वैशाख २०८१, शुक्रबार

बढ्यो सुनको मूल्य

blog

काठमाडौं, असार ९ गते । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु. ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ८०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।