निगमको महत्त्वपूर्ण योजना अलपत्र
विगत दुई वर्षदेखि पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिले घाटा बढाएपछि नेपाल आयल निगमले भण्डारण निर्माणलगायतका योजना अगाडि बढाउन सकेको छैन ।
तेलको भुक्तानी गर्न जग्गा धितोमा राखेर ऋण
सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगम आर्थिक सङ्कटमा परेपछि जग्गा धितोमा राखेर ऋण निकाल्ने भएको छ । पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गई घाटामा गएर इन्डियन आयल कर्पारेसन (आईओसी)लाई इन्धन खरिदबापतको रकम भुक्तानी गर्न नसकेपछि निगमले टेकुमा रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैङ्कबाट ऋण निकाल्न लागेको हो । तीन अर्ब रुपियाँ ऋण दिन राष्ट्रिय वाणिज्य बैङ्क तयार भएको र यसका लागि प्रक्रिया अगाडि बढाइएको निगमले जानकारी दिएको छ ।
क्यासब्याक अफर
आईएमई पे एपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित’ आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आईएमई पे एपबाट तिर्ने सेवाग्राहीलाई अफर ल्याएको हो ।
बजार अनुगमन गर्न एकीकृत योजना
सरकारले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सबै सरोकारवाला निकायसहितको एकीकृत योजना सार्वजनिक गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी नियन्त्रण गर्न एक्लो विभागको सीमित जनशक्तिबाट मात्रै सम्भव नहुने भएकाले सम्पूर्ण सरोकारवाला निकाय जिम्मेवार भएर अहिलेको अवस्थालाई सुधार गर्ने उद्देश्यले एकीकृत योजना सार्वजनिक गरेको हो ।
एक करोड ३३ लाखको हाटबजार गाडी पार्कमा परिणत
रेसुंगा नगरपालिकाले निर्माण गरेको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत भएको छ । किसाले उत्पादन गरेका वस्तुलाई सहज रुपमा विक्री वितरण गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार अहिले नगरपालिकाका सवारी साधन र विद्यालयको बस पार्किङको रुपमा परिणत भएको छ ।
प्रभावितले पाए पाँच अर्ब मुआब्जा
बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावित परिवारले घरगोठ, बोटबिरुवा र फलफूलको करिब पाँच अर्ब रुपियाँ मुआब्जा पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइका अनुसार हालसम्म चार अर्ब ७२ रुपियाँ वितरण भइसकेको छ ।
बीपी प्रतिष्ठानमा असार २० गतेदेखि स्वास्थ्य बीमा स्थगित हुँदै
धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान असार २० गतेदेखि स्वास्थ्य बीमाको सबै सेवा स्थगित हुुँदैछ । उपकुलपति ज्ञानेन्द्र गिरीले ३४ करोडभन्दा बढी बीमा रकम बीमा बोर्डबाट उपलब्ध नभएको भन्दै यही असार २० गतेदेखि स्वास्थ्य बीमाका सम्पूर्ण सेवाहरु स्थगन हुने बताउनुभयाे ।
पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाहको अवलोकन गर्नुभएको छ ।सो अवसरमा मन्त्री बडूले यो सुक्खा बन्दरगाहले काठमाडौँ केन्द्रित व्यवसायको समय र लागत कम हुन गई आयात निर्यातमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै चोभार सुक्खा बन्दरगाहलाई सरकारको लक्ष्य हासिल गर्नेगरी सञ्चालन गर्न निर्देशन दिनुभयो ।
प्रतितोला चार रुपियाँले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेर रु. ९७ हजार ७०० पुगेको छ ।