• १५ वैशाख २०८१, शनिबार

प्रतितोला चार रुपियाँले बढ्यो सुनको मूल्य

blog

काठमाडौं, असार १३ गते । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेर रु. ९७ हजार ७०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ८०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।