• ७ वैशाख २०८१, शुक्रबार

काठमाडौं भ्यूटावर : ११ तला बन्यो, एक तला बाँकी

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असार ७ गते । काठमाडौं भ्यूटावरको निर्माण कार्य जारी रहेको छ । १२ तलामध्ये ११ तलाको ढलान कार्य पूरा भएको छ ।

पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं भ्यूटावरको नौ तलाको निर्माण कार्य भइरहेको जानकारी काठमाडौं महानगरपालिकाअन्तर्गतको निजी साझेदारी एकाईले जनाएको छ ।

भ्यूटावर जमिनमाथि ११ र जमिनमुनि दुई वटा टर्मिनल हुने गरी भूमिगत  रहेको छ । एकाईका अनुसार अब उठाइरहेको एक तला ढलान सम्पन्न भएपछि प्रालिले अनुमति लिएको १२ तला पूरा हुन्छ ।


भूमिगत सहित १२ तला कमर्सियल कम्प्लेक्स छ महिनाभित्र पूरा गर्ने प्रालिले जनाएको एकाईको भनाइ छ ।

सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर २५ वर्षसम्म चलाउन पाउनेछन् ।

प्रालिले कम्प्लेक्स निर्माण गर्न १० वर्ष लगायो भयो उसले १५ वर्षमात्रै प्रयोग गर्न पाउने व्यवस्था छ ।

भ्यूटावरको सबैभन्दा तल्लो तलामा बस पार्किङस्थल रहनेछ । त्यस माथि दोस्रो तलामा हलुका गाडी पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी र खाजाघरसहित विभिन्न कार्यालयहरु रहनेछन् ।


भ्यूटावरका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा भ्यूटावर बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ ।

समयमा नै काम सम्पन्न गर्ने गरी २०७२ कात्तिक २५ गते भवनको शिलान्यास भएको थियो । नियमानुसार निर्माण कम्पनीले काम गरेमा पहिले दिएको भन्दा एक पटका लागि एक वर्षको समय थप गर्न मिल्ने छ ।

विसं. २०७१ फागुन २२ मा काठमाडौं महानगर र जलेश्वर, स्वच्छन्द र बिकोइ विल्डर्स प्रालिबीच काठमाडौं भ्यूटावर निर्माणका लागि सम्झौता भएको थियो । तर, निर्माणकार्य भने विसं. २०७३ साउन १ गतेबाट सुरु भएको थियो ।