• १६ भदौ २०८१, आइतबार

बढ्यो सुनको मूल्य

blog

काठमाडौं, साउन २० गते । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला सात सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार छ सय थियो । 

यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर रु. एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।