• १६ चैत २०८०, शुक्रबार

प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

blog

काठमाडौं, साउन १८ गते । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार छ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार एक सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपियाँले घटेर एक हजार २१० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।