• १० मंसिर २०८१, सोमबार

एप चलाउन निःशुल्क इन्टरनेट

blog

काठमाडौँ, साउन १७ गते । सानिमा बैङ्कले आफना ग्राहकलाई ‘नो डाटा, नो प्रब्लम’ योजनाअन्तर्गत मोबाइल बैङ्किङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैङ्कका ग्राहकले सानिमा मोबाइल बैङ्किङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् । मोबाइल बैङ्किङ एप प्रयोगकर्ताले एपमा रहेका सबै सेवा जस्तै, फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउने बैङ्कले जनाएको छ । योजना सोमबारदेखि लागू हुने बैङ्कले जनाएको छ ।