• ४ साउन २०८१, शुक्रबार

क्यास डिपोजिट सेवा सुरु

blog

काठमाडौँ, साउन १५  गते । एनआईसी एसिया बैङ्कले अब नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । 

यो नयाँ सेवामार्फत अब ग्राहकले यो मेसिनको प्रयोग गरी सहज रूपमा आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने बैङ्कले जनाएको छ । यो मेसिनको प्रयोग गर्दा फारामबिना खाता नम्बरका आधारमा रकम जम्मा गर्न सक्ने व्यवस्था बैङ्कले गरेको हो । यो मेसिनबाट एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार पाँच सय रुपियाँ गरी दैनिक अधिकतम नौ लाख ९९ हजार पाँच सय रुपियाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था छ ।