• १६ चैत २०८०, शुक्रबार

सीईओमा युगेश

blog

काठमाडौँ, साउन २४ गते । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको छ ।

सञ्चालक समितिको १२०औँ बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्तलाई सोमबारदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो । नवनियुक्त सीईओ श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ ।